राजधानीमा भोलीदेखि उर्जा सम्मेलन हुदै

राजधानीमा भोलीदेखि उर्जा सम्मेलन हुदै

  • बुधबार, मंसिर २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौ २९ मंसिर । 

स्वतन्त्र उर्जा उत्पादकको संस्था इपानको आयोजनामा भोलीदेखि राजधानीमा उर्जा सम्मेलन सुरु हुदैछ । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको सरकारको संयोजनमा हुने सम्मेलन आगामी पौष १ गतेसम्म चल्नेछ ।

सम्मेलनमा नेपाल, भारत, चीन, दक्षिण कोरिया, जापान, नर्वे, संयुक्त राज्य अमेरिका, बेलायत, अस्टे«लियाका साथै विभिन्न मुलुकका जलस्रोत विज्ञ, बैंक तथा वित्तिय संस्था, बिमा कम्पनी, कुटनीतिक नियोगका प्रतिनिधि लगायतको उपस्थिति रहनेछ ।

सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यस्तै उर्जामन्त्री जनार्दन शर्मा, उर्जा सचिव अनुपकुमार उपाध्यायले विशेष कार्यपत्र प्रस्तुत गर्ने तयारी भएको जनाएको छ ।

यस्तै सम्मेलनमा आन्तरिक लगानी, वैदेशिक लगानी एवम् वित्तिय व्यवस्थापन सन्दर्भमा समेत राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय व्यक्तित्वबाट कार्यपत्र प्रस्तुत गरिनेछ । सम्मेलनमा उर्जा सुरक्षाको अवधारणा, विद्युत माग एवम् आपूर्ति विश्लेषण लगायतमा छलफल हुनेछ ।

१० हजार मेगावाट लक्ष्यलाई कसरी दिगो बनाउने सम्बन्धमा समेत सम्मेलनमा छलफल हुने इपानका अध्यक्ष खड्गबहादुर विष्टले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी