आप्रवासी कामदार दिवस साताव्यापी मनाइने

आप्रवासी कामदार दिवस साताव्यापी मनाइने

  • मङ्लबार, मंसिर २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौँ, मङ्सिर २८ ।
‘सुरक्षित वैदेशिक रोजगारको प्रतिबद्धता : हामी सबैको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ १८औँ अन्तर्राष्ट्रिय आप्रवासन कामदार दिवस सोमबारदेखि साताव्यापी रूपमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

आप्रवासन दिवसका अवसरमा गरिने कार्यक्रमको जानकारी गराउने उद्देश्यले अन्तर्राष्ट्रिय आप्रवासी कामदार दिवस मूल समारोह समिति, श्रम तथा रोजगार मन्त्रालयले सोमबार पत्रकार सम्मेलनमा सोबारे जानकारी गराइएको हो ।
सो अवसरमा काठमाडौँसहित देशभर आप्रवासन कामदारले भोगेका समस्या, समस्या समाधानका उपाय र यसका लागि सरोकारवाला निकायको जवाफदेहिता र जिम्मेवार बनाउने  विषयमा छलफल आयोजना गरिने पनि जनाइएको छ ।
यो दिवस प्रवासी कामदारका रूपमा रहेका व्यक्तिको हित अधिकारको रक्षाका साथै वैदेशिक रोजगारीमा रहँदा पाउने पारिश्रमिक तथा अन्य सेवासुविधा, न्यूनतम मानव अधिकारको प्राप्ति लगायतलाई ध्यानमा राखेर संयुक्त राष्ट्रसङ्घले डिसम्बर १८ लाई आप्रवासी कामदार र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि १९९० पारित गरेको थियो ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव आभा श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीका लागि सम्बन्धित सबैको चेतना अभिवृद्धि गर्ने उद्देश्यले विगतका वर्षमा जस्तै यस वर्ष पनि आप्रवासी कामदार दिवस मनाउने निर्णय भएको जानकारी गराउनुभयो ।
सो अवसरमा वैदेशिक रोजगारीमा जानका लागि आवश्यक पर्ने नागरिकता, राहदानी तथा अन्य कागजात तयार पार्न स्थानीय तथा जिल्लास्तरका जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समितिको कार्यालय, जिल्ला प्रहरी कार्यालय, महिला तथा बालबालिका कार्यालय, नगरपालिका, गाउँ विकास समिति लगायतका संस्थाको महŒवपूर्ण भूमिका रहने जनाइएको छ ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)का अनुसार संसारभर २३ करोडभन्दा बढी मानिस आप्रवासी रूपमा रहेकामध्ये १५ करोडभन्दा बढी आप्रवासी कामदारका रूपमा छन् ।
वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०५०÷०५१ देखि आर्थिक वर्ष २०७२÷०७३ सम्म झण्डै ४४ लाखले श्रम स्वीकृति लिएर विदेश गएको तथ्याङ्क छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी