प्राविधिकहरुले अझै पुनर्निर्माणको काम ठप्पै पारे सुरु गरेनन्

प्राविधिकहरुले अझै पुनर्निर्माणको काम ठप्पै पारे सुरु गरेनन्

  • सोमवार, मंसिर २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ, मंसिर २७ ।

भूकम्पपछिको पुनर्निमाणका लागि प्रभावित जिल्लामा खटेका प्राविधिकहरुले पुनर्निर्माणको काम अझै सुचारु गरेको छैनन ।

विभिन्न माग राख्दै गत सातादेखि काम ठप्प पारेका उनीहरुले आफ्ना माग पुरा गर्न सरकारलाई मंसिर मसान्तसम्मको समय सीमा पनि दिएका छन्।

सरकारले मंसिर मसान्तसम्म पनि माग पुरा नगरे पुस पाँच भित्र सामूहिक राजीनामा दिने उनीहरुले बताएका छन्। प्राविधिकहरूले उपत्यका बाहिरका ११ जिल्लामा संघर्ष समिति र केन्द्रमा पनि समिति बनाएका छन्।

केही ईन्जिनियरहरू आन्दोलनको संयोजन गर्न काठमाडौं आएका छन्। दोलखामा खटेका इन्जिनियर सन्तोष क्षेत्रीले आफू आन्दोलनका लागि काठमाडौं आएको बताएका छन् ।

सरकारले आफूहरूलाई राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७५ प्रतिशतसम्म भत्ता दिने भने पनि अहिलेसम्म त्यसको कार्यान्वयन नभएको उनको भनाई छ ।

अहिले पुनर्निर्माणमा खटेका प्राविधिक मध्ये इन्जिनियरले अधिकृत, ओभरसियरले सुब्बा र सब ओभरसियरले खरदार सरहको पारिश्रमिक पाउँदै आएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी