भत्तपुरमा जारी मेलामा पाँच करोडको कारोबार हुने अपेक्षा

भत्तपुरमा जारी मेलामा पाँच करोडको कारोबार हुने अपेक्षा

  • शुक्रबार, मंसिर २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौं, मंसिर २४ ।

भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा भक्तपुरमा आज देखि ६ दिने अन्तर्रा्ष्ट्रिय व्यापार मेला सुरु भएको छ ।

संघले आफ्नो ५० वर्ष पुगेको अवसरमा भक्तपुरमा पहिलोपटक आयोजना गरेको अन्तर्रा्ष्ट्रिय व्यापार मेलाको उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले उद्घाटन गर्नुभयो ।

भक्तपुरको सल्लाघारीस्थित खुला मैदानमा सुरु भएको मेला आगामी बुधबारसम्म सन्चालन हुनेछ । करिब ९० हजारले अवलोकन गर्ने अनुमान गरिएको मेलामा पाँच करोड रुपैयाँ बराबरको कारोबार हुने अपेक्षा गरिएको आयोजकको अपेक्षा छ ।

मेलामा भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर निर्माण सामग्री व्यापार संघ, भक्तपुर फर्निचर तथा फिर्नि्सिङ व्यवसायी संघलगायत जिल्लाका विभिन्न ३३ ओटा वस्तुगत संघ–संस्था एवं नेपाल, चीन एक्ज्योकेटिभ काउन्सिलकोसमेत सहभागिता रहेको मेलाका संयोजक एवं संघका कोषाध्यक्ष राजु मृगेन्द्र जोशीले जानकारी दिनुभयो ।

मेलामा नेपाल, भारत, भुटान, चीन, पाकिस्तान, मलेसिया, इन्डोनेसियालगायतका विभिन्न देशमा उत्पादन भएका सामाग्रीहरुको प्रदर्शनी एवं बिक्री कक्ष गरी १७२ ओटा स्टलहरु राखिएका छन् ।

मेलामा मौलिक हस्तकलाका उत्पादनहरु, घरेलु तथा लघु–उद्यमका उत्पादनहरु, शैक्षिक, सूचना–प्रविधि, कृषि उत्पादन, विभिन्न ब्रान्डका सवारी–साधनहरु, दैनिक उपभोग्य तथा घरायसी सामग्री, विद्युतीय सामग्रीहरु, फर्निचर एन्ड फर्नि्सिङका सामग्री, बाल मनोरन्जका सामग्रीहरु, आर्युर्वे्दिक सामाग्रीहरु, एक जिल्ला एक उत्पादनका सामनहरु बिक्रीका लागि राखिएका छन् ।

ईवामुरा मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको मेलामा मनोरन्जनका विभिन्न कार्यक्रम राखिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी