नवलपरासीमा आजबाट तेश्रो औद्योगिक व्यपार मेला सुरु हुदै

नवलपरासीमा आजबाट तेश्रो औद्योगिक व्यपार मेला सुरु हुदै

  • बिहिबार, मंसिर २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

परासी, २३ मंसिर ।

शान्ती समृद्ध उद्योग र व्यपार, राष्ट्र निर्माणको बलियो आधार भन्ने मुल नाराका साथ  आजबाट नवलपरासीको सुनवलमा तेश्रो औद्योगि व्यपार मेला सुरु हुदैछ ।

उद्योग वाण्ज्यि संघ नवलपरासीको आयोजनामा हुन लागेको मेलाको उद्घाटन उप राष्ट्रपति नन्द बहादुर पुनले गर्ने कार्यक्रम रहेको छ ।

त्यसका लागी उपराष्ट्रिपति पुन नवलपरासी पुगिसक्नुभएको छ । आज मध्यान्ह १२ बजे उद्घाटन हुने मेलामा कृषि, पर्यटन, उद्योग व्यपार एवं सुचना प्रविधिको वृहद प्रर्शनी गरिने छ ।
जिल्लाका महत्वपुर्ण एैतिहासिक ओझेलमा परेको धार्मिक एवं पर्यटकिय क्षेत्रको व्यापक प्रचार प्रसार गरि अन्तराष्ट्रि जगतमा चिनाउने उद्देश्यले मेलाको आयोजना गरिएको संघका अध्यक्ष भिम बहादुर थापाले बताउनु भयो ।

मायादेवी मन्दीर आकृतिको मुल प्रवेशद्धार, कृषि, पर्यटन, सांस्कृति, बाल उद्यान र डुंगा सफारी, हेलिकप्टर उडान, माटो परिक्षण, चौरी गाई, राउटे र उँट समेतको प्रदर्शनी यस मेलाका विशेष आकर्षण रहेने छन् ।

खास गरि मेलामा तयारी पोशाक, जुत्ता र छालाजन्य उत्पादन, हस्तकला, घरायसी उपभोगका सामान, फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, खेलौना, अटोमोबाईल, औषधी जन्य सामाग्री, सेनेटरी वेयर, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धन लगायतका स्टलहरु राखी वृहद प्रदर्शनी गरिने संघका महासचिव गिरीराज पाण्डेयले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी