१८,मंसिर जापान । महामानव वीपी कोइरालाको चर्चित उपन्यास तीन घुम्तीको कथामा आधारित रहेर तयार गरिएको चलचित्र ‘तीन घुम्ती’ जापानमा प्रर्दशन गरिने भएको छ । पूर्वी नेपाल विकास सहकार्य केन्द्र, जापानको आयोजनामा आगामी डिसेम्वर ११ तारिकका दिन टोकियोमा चलचित्र प्रर्दशन गरिने भएको हो ।
केन्द्रका अध्यक्ष सुबास लाेहनीकाअनुसार मौलिक नेपाली चलचित्र प्रर्दशनबाट संकलित रकम पूर्वी नेपालको शैक्षिक विकासको कार्यक्रममा खर्च गरिनुका साथै पर्यटन,ग्रामीण क्षेत्रकाे बिकास ,कृषि,उद्याेग,शिक्षा,कलाकारिता क्षेत्रमा ख्यातिप्राप्त ब्यक्तित्वहरुलाइ सम्मान गर्ने भएकाे छ ।
टोकियो मिनामी ओचुका हलमा प्रर्दशन हुने चलचित्रका नायक सुशान्त कार्की समेत जापान आउने भएका छन् । बावुराम ढकाल निर्देशित चलचित्रमा गरिमा पन्त, ध्रुव दत्त र शुसान्त कार्कीको वेजोड अभिनय रहेको छ ।
चलचित्र टोकियो सहित जापानका विभिन्न शहरहरूमा समेत प्रर्दशन गर्ने तयारी गरिएको छ। पूर्वी नेपाल विकास सहकार्य केन्द्र, जापानले आगामी दिनहरुमा नेपालकाे पुर्बी १४जिल्लाहरुकाे बिकासका लागि बिबिध कार्यक्रमहरु संचालन गर्ने याेजना रहेकाे समेत बताउनुभएकाे छ ।यसैवीच पूर्वी नेपाल विकास सहकार्य केन्द्र, जापानले चलचित्र प्रर्दशन हुने डिसेम्वर ११ तारिकका दिन कार्यक्रम नजुधाई दिनुहुन अनुरोध गरेको छ।