मन्त्रिपरिषद्वारा दुईजना सचिवमा बढुवा ,एडिविकाे १३ अर्ब स्वीकार गर्ने निर्णय

मन्त्रिपरिषद्वारा दुईजना सचिवमा बढुवा ,एडिविकाे १३ अर्ब स्वीकार गर्ने निर्णय

  • आइतवार, मंसिर १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

मंसीर १२, काठमाडौं ।

सरकारले  सहसचिव कृष्णप्रसाद देवकोटा, अन्नपूर्णा नन्द दासलाई सचिवमा र रवीन्द्र पण्डितलाई अनुसन्धान निर्देशकमा बढुवा गरेको छ ।

सिंहदरबारमा अाज बसेको मन्त्रिपरिषद् बैठकले मध्यपश्चिमाञ्चलका कामु क्षेत्रीय प्रशासक रेहका कृष्णप्रसाद देवकोटलाई सचिवमा बढुवा गर्दै त्यहाँको क्षेत्रीय प्रशासकको जिम्मेवारी दिइएको छ ।

वन मन्त्रालयका सह–सचिव अन्नपूर्णानन्द दासलाई सचिवका बढुवा गर्दै कृषि विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै बैठकले सडक क्षेत्र विकास आयोजनाका लागि विश्व बैंकबाट प्राप्त रु पाँच अर्ब ८८ करोड र विद्यालय क्षेत्र विकास कार्यक्रम कार्यान्वयनका लागि एसियाली विकास बैंकबाट प्राप्त रु १३ अर्ब स्वीकार गर्ने निर्णय गरेको छ ।

बैठकले स्थानीय, प्रदेश र सङ्घीय कानुन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
सरकारले रुपाताल संरक्षण एकीकृत विकास परियोजना र बृहत् दाङ उपत्यका तथा माडी–लुङ्ग्री करिडोर सिँचाइ योजना सञ्चालन गर्ने निर्णय गरेको छ । साथै जोखिमयुक्त पहिरो न्यूनीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको छ । जापान सरकारबाट नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि प्राप्त रु १७ अर्ब ऋण सहायता स्वीकृत गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।
त्यस्तै अनशनरत प्रा. डा. गोवन्द केसीसँग वार्ता गर्न शिक्षा सचिव शान्तबहादुर श्रेष्ठ र स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीलाई जिम्मेवारी दिइएको छ ।
सरकारले सट्टाभर्ना दिने गरी पर्सा र शुक्लागण्डकी नगरपालिका अन्तर्गत अव्यवस्थित बसोबास गरिरहेका व्यक्तिका नाममा जग्गा दर्तासम्बन्धी गठन आदेशलाई स्वीकृत गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ