काठमान्डौ, १२ मंसिर । पाल्पामा विद्यार्थीहरु असुरक्षित भएको भन्दै विरोध स्वरुप संयुक्त विद्यार्थी संघर्ष समिति पाल्पाले आज जिल्लाका शैक्षिक संस्था बन्द गराएका छन् ।
बिनु पुलामीका हत्यालाई पक्राउ गर्नु पर्ने र पाँच वर्षदेखि बेपत्ता सेन उच्च माविका विद्यार्थी किशोर न्यौपानेलाई सार्वजनिक गर्न माग गर्दै विद्यार्थी संगठनले शैक्षिक संस्था बन्दको आह्वान गरेका हुन् ।
पाल्पा कलेजमा स्नाकोतर तहमा अध्ययनरत बिनु पुलामीको शव फेला परे पछि परिवारले किटानी जाहेरी दिएको थियो । विनुको परिवारले किटानी जाहेरी दिए पछि उनको श्रीमान फरार भएका छन् ।
फरार बिनुका श्रीमान सहित हत्यामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न विद्यार्थी संगठनले माग गरेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline