खसीबोकामा समेत भारतीयको सिण्डिकेट , साना व्यापारी मर्कामा

खसीबोकामा समेत भारतीयको सिण्डिकेट , साना व्यापारी मर्कामा

  • शनिबार, मंसिर ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाण्डौ मंसीर १० ।

नेपाली उद्योग र सेवा बजारमा भारतीयहरुको दवदवा तीव्र छतीव्र छ । यति सम्म कि खसीबोकामा समेत कमिसनका लागि भारतीयले नै सिण्डिकेट र दवाव खडा गर्दा साना व्यापारी मर्कामा परेका छन् । सुनौली नाकाबाट मात्रै सातामा झण्डै १० हजार भन्दा बढी खसी कलंकी खसी बजारमा आउने गरेको छ ।

कलंकी खसीबजारमा रहेका भारतीय व्यापारी अनीष कुरैसीले काठमाण्डौं चौपाया खरीद विक्री प्रा.लि.का व्यवस्थापक जीवन खतिवडा सहितसगँ मिलेमतो गरी खसीबोका आयातमा सानालाई दबाब दिने, सुनौली नाकाबाटै खसी ल्याउन रोकि दिने गरेको बुझिएको छ ।

यस विषयमा खतीवडालाई बुझ्न ९७४१०९६८५८ नम्बरमा सम्पर्क गर्दा उनको फोन स्वीच अफ थियो ।
प्रालिका अध्यक्ष बुद्धि बहादुर महर्जनले खासै हस्तक्षेप नगर्ने गरेको खसीबजारमा भेटिएका साना व्यवशायीहरुले नाम उल्लेख नगर्ने शर्तमा बताए ।

सुनौली नाकाको भारतीय कस्टममा रहेका मन्सुर कुरैसीले लेखपढ कम भएका सोझा साना व्यापारीको भन्सार पासको कागज पत्र बनाउन नमान्ने , काठमाण्डौं खसी लगिस भने पचार हजार तिर्न पर्छ भनेर भ्रमित पार्दै कतिको खसीबोका उतै रोकिदिने गरेको पीडित व्यवशायीले बताए । मन्सुरले कमिसन लिन र वातावरण मलाउन बेला बेला कंलकी खसीबजारमा आउने गरेको समेत बुझिएको छ । उनी करीब एक साता अघि मात्रै खसी बजारमा आएका थिए ।

khasi-1

यसरी कुरैसीले साना व्यापारीको खसीबोकाको कागज नवनाईदिदा नाकामा खसी थुपारेर राख्नु पर्ने अवस्था छ । त्यतिकैमा कतिपय खसीहरु मर्ने समेत गरेकाले साना व्यापारीले थप नोक्सानी व्यहोर्नु पर्ने अवस्था छ ।

उनीहरुले नोटबन्दी जस्ता विभिन्न समस्याको बहाना देखाउदै साना व्यापारीलाई सोझै खसीबोका ल्याउन हतोत्साहित पार्दै आफूले ल्याएको खसीबोका बिकाउने षड्यन्त्र गर्ने गरेको र यसले गर्दा आफूहरुको रोजीरोटीमै समस्या आउन थालेको गुनासो साना व्यापारीहरुको छ ।

khasi-2

करीब एक साता अघि मात्रै एक ट्रक खसीबोका ल्याएका श्रेष्ठ थरका एक व्यापारीलाई काठमाण्डौं लगिस भने ५० हजार लाग्छ भन्दै भ्रमित पारीदिए पछि ती व्यापारीले पोखरा लगेर खसी बेचेका थिए ।
उनीहरुले सके सम्म साना व्यापारीलाई काठमाण्डौ खसी नै लान नदिने गरी दवाव दिने गरेको बुझिएको छ । यसो गर्दा यहा रहेका ठूला खसी आयातकर्ता भारतीयले ठूलो मात्रामा ल्याउने र विक्री गर्ने वातावरण तयार हुन्छ ।
साना व्यापारी तिनै ठूला आयातकर्तासगँ किनेर जिउदोमा ५ देखि १५ रुपैयासम्मको नाफा राखेर बेच्ने गरेको पाईएको छ । अहिले कलंकीमा जिउदो खसीलाई प्रतिकेजी ५ सय भन्दा बढी पर्न थालेको छ ।
यसको प्रत्यक्ष असर मासु व्यवशायी र उपभोक्तामा परेको छ ।उपभोक्ताले अहिले ९ सय रुपैयामा एक केजी खसीको मासु किन्नु पर्ने बाध्यता छ ।

khasi-3
साना व्यापारीहरुले यदी सबैले सजिलै भारतबाटै खसी ल्याउने र नेपालमा पनि उत्पादन राम्रो भए सस्तोमा मासु बेच्न सक्ने अवस्था आउन सक्ने भन्दै सरकारले ल्यान दिनु पर्ने बताए । खसीबजारमा कुनै पनि अनुगमन सरकारले गरेको छैन ।
२०५५ सालमा देवेन्द्र लिम्बुले स्थापना गरेको खसीबजार अहिले उनले छाडे पछि नेपाल चौपाया खरीद विक्री प्रा.लि.को रुपमा तीन वर्षदेखि व्यवस्थापन फेरिएर सञ्चालन हुदै आएको छ । झण्डै ८० प्रतिशत खसीबोका भारतबाट काठमाण्डौंमा आयात हुने गरेको छ । १० रोपनी क्षेत्रफलमा रहेको कलकी खसीबजारमा ३२ वटा स्टलहरु रहेका छन् ।

khasi-4

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी