रेजिडेन्ट डक्टर्सले भने , टिचिङको बहिरंग विभाग जादैनौ

रेजिडेन्ट डक्टर्सले भने , टिचिङको बहिरंग विभाग जादैनौ

  • बिहिबार, मंसिर ९, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं , मंसिर ९ ।

वरिष्ठताका आधारमा आईओएमको डिन नियुक्ति गर्नुपर्ने माग राखि दशौ पटक अनशन बस्नुभएका प्रा डा. गोविन्द केसीको जिवन रक्षको माग गर्दै नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएसनले बहिरंग सेवा नै बहिस्कार गर्ने भएको छ ।

१२ दिनदेखि अनसनरत प्रा.डा. गोविन्द केसीको मागप्रति सरकारले कुनै चासो नदेखाएको भन्दै डक्टर्स एशोसिएसन आबद्ध चिकित्सकहरु भोलीदेखि त्रिवि शिक्षण अस्पताल (टिचिङ)को बहिरंग विभागमा नजाने जनाएका हुन् ।

मेडिकल शिक्षा र समग्र स्वास्थ्य क्षेत्र सुधारको माग गर्दै १२ दिनदेखि अनसनमा रहेका प्रा.डा. गोविन्द केसीको जीवनरक्षाका लागि आफूहरु शिक्षण अस्पतालको बहिरंग विभाग नजाने निर्णय गरेको डक्टर्स एशोसिएसनका अध्यक्ष लिजन महर्जनले बताउनु भयो ।

साथै डा केसीको माग तत्काल सम्बोधन नभए कडा आन्दोलनमा उत्रने समेत चेतावनी दिएका छन् । अविलम्ब वार्ता समिति बनाएर केसीका जनपक्षीय माग पूरा गर्न उनीहरुको माग छ ।

केसीको माग सम्बोधनको माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका रेडिडेन्ट डक्टरहरुले यसअघि हातमा कालोपट्टी बााधेर काम गदै आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी