सांसदहरूको भत्ता वृद्धि प्रति अनेरास्ववियु नवलपरासीको घोर अापत्ती

सांसदहरूको भत्ता वृद्धि प्रति अनेरास्ववियु नवलपरासीको घोर अापत्ती

  • सोमवार, मंसिर ६, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

६ मंसिर नवलपरासी ।

प्रचण्ड सरकार व्यवस्थापिका संसदबाट सांसदहरुको मासिकतलब भत्ता एक लाखभन्दा बढीहुने किसिम गरि बृद्धि गरेको प्रति अखिल अनेरास्ववियु नवलपरासीले गम्भिर ध्यानाकर्षण भएकोे जनाएको छ ।

अखिलका जिल्ला संयोजक शुसान्त शर्मा घिमिरेले आज एक विज्ञप्ती जारी गरि सो निर्णयको घोर विरोघ जनाउनुभएको छ । जनताको प्रतिनिधि बनेर गएका सांसदहरुले राष्ट्रिय ढुकुटी सिद्याउने गरि बढी सुविधा लिन लागेको भन्दै नेपाली जनताबाट आलोचना हुदाँ हुदैँ पनि यस किसिमको निर्णय गरिनु उचित नभएको अखिलको भनाइ छ । व्यवस्थापिका संसदबाट आइतबार पारित गरेको विधेयक अनुसार सांसदहरुको मासिक पारिश्रमिक सँगै आवास सुविधा टेलिफोन तथा पत्रपत्रिका खर्च धारा बिजुली अतिथि सत्कार र विशेष भत्ता बहाना बनाई जनताले तिरेको करको सार्है दुरुपयोग भएको सो विज्ञप्तीमा जनाईएको छ ।

कर्णालीका जनताले चामल पाउन नसकेको, भुकम्पपिडितको टहरा बन्न नसकेको, हुम्ला, जुम्ला मुस्ताङ मनाङ् लगायतका बालबालिका विद्यालय जान नपाएको दक्ष जनशक्ति रोजगारीको सिलसिलामा बैदेशिक बाहिरिएको अवस्था तथा विकास निर्माणले गति लिन नसकिरहेको अवस्थामा जनताले तिरेको कर अनावश्यक रुपमा फजुल खर्च गरिएको संगठनको घोर आपत्ति रहेको भन्दै अनेरास्ववियु नवलपरासीले सांसदको तलव भत्ता बढाउने निर्णय तुरुन्त फिर्ता लिन जोरदार माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ