कामदारको बिमा अनिवार्य गर्नुपर्ने प्रस्ताव

कामदारको बिमा अनिवार्य गर्नुपर्ने प्रस्ताव

  • आइतवार, मंसिर ५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, मंसिर ५।
व्यावस्थापिका संसद अन्तरगतको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिले श्रम कानुनमा कामदारको बिमा अनिवार्य गर्नुपर्ने व्यवस्थाको प्रस्ताव गरेको छ ।

समितिको आज बसेको बैठकले संचय कोषको व्यवस्था गरिनुपर्ने, सम्झौतापत्र बिना काममा लगाउन नपाइने व्यवस्था गरेको हो । आजको बैठकमा नयाँ श्रम कानूनको विषयका बारेमा दफावार छलफल भएको थियो ।

त्यस्तै हप्तामा ४८ घण्टाभन्दा बढी काममा लगाउन नपाइने, अधिकतम चार घण्टाभन्दा बढी ओभर टाइममा लगाउन नपाइने र साप्ताहिक बिदाबाहेक २० दिन काम गरेपछि अनिवार्य रुपमा एक दिन बिदा दिनुपर्ने व्यवस्था समेत प्रस्ताव गरिएको छ ।

त्यसैगरी विदेशी नागरिकलाई काममा लगाउँदा श्रम स्वीकृत अनिवार्य रुपमा लिनुपर्ने व्यवस्था समेत गरिएको छ । यस्तै छलफलका क्रममा श्रम तथा रोजगार मन्त्री सूर्यमान गुरुङले जतिसक्दो चाँडो कानून बनाउनुपर्नेमा जोड दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी