बिरामि जाच्न छाडेर डा. केसीको समर्थनमा वालुवाटार पुगे रेजिडेन्ट चिकित्सक

बिरामि जाच्न छाडेर डा. केसीको समर्थनमा वालुवाटार पुगे रेजिडेन्ट चिकित्सक

  • शनिबार, मंसिर ४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ ,४ मंसिर ।
दशौ पटक अनशनमा बस्नुभएका प्रा.डा. गोविन्द केसिको समर्थन गर्दै रेजिडेन्ट चिकित्सकहरुले आज(शनिबार) र्याली निकालेको छ ।

नमा चिकित्सा शास्त्र अध्ययन संस्थानबाट रेजिडेन्ट चिकित्सक, एमबीबीएसका विद्यार्थी, सर्वसाधारण लगायतले संयुक्त र्याली निकाली बालुवाटार पुगेर केसीको माग पत्र प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन् ।

डा.केसीको समर्थन र माफियाको विरोधमा नारा लगाउँदै वालुवाटार पुगेका नेशनल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष डा.लिजन महर्जनले सरकारले डा.केसीको माग लाइ सम्बोधन नगरे थप कडा पाइला चाल्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।

यसैबीच , केसीको स्वास्थ्य अवस्था भने बिग्रदै गएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।
केसीलाई मांसपेशीको दुख्ने, चक्कर आउने, कहिलेकाहिँ छाती दुख्ने, मुटुको चाल अस्थिर हुने लगायतका समस्या देखिएको जनाईएको छ ।
केसी एमबीबीएसको अध्ययन शुल्क ३५ लाख कायम गर्नु पर्ने लगायतका नौं बुँदे माग सहित सात दिनदेखि आमरण अनसन बसिरहनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी