बिश्राम स्थल निर्माणार्थ जेष्ठ नागरिकहरु आफैं जागे ,मासिक भत्ता मार्फत आर्थिक सहयोग जुटाउने 

बिश्राम स्थल निर्माणार्थ जेष्ठ नागरिकहरु आफैं जागे ,मासिक भत्ता मार्फत आर्थिक सहयोग जुटाउने 

  • शुक्रबार, मंसिर ३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाण्डौ,३ मंसिर ।
सिन्धुपाल्चोक स्थित ठुलोसिरुवारी गाविसका जेष्ठ नागरिकहरुको एक भेलाले गाविसको कोटडाँडामा अधुरो अवस्थामा रहेको बिश्राम स्थलको निर्माण कार्यलाई अघी बढाउने निर्णय गरेको छ ।
आर्थिक अभावका कारण विग्त २ बर्ष देखी अधुरै अवस्थामा छोडिएको बृद्द्बृद्दा बिश्राम स्थलको निर्माण कार्यलाई अघी बढाउन  जेष्ठ नागरिकहरुकै अगुवाइमा एक समितिको गठन समेत गरिएको छ । दिल बहादुर श्रेष्ठको अध्यक्षतामा  जेष्ठ नागरिक कल्याण मन्च नामक समितिको गठन गरी बृद्दबृद्दाहरुले मासिक रुपमा पाउने भत्ताबाट केही रकमको जोहो गरी निर्माण कार्यको पुनः निर्माण गर्न लागेका हुन ।
टुकी संघ सुनकोशीका कार्यक्रम संयोजक यज्ञराज कार्की लगाएत स्थानिय युवा होमनाथ चौलागाई र रेणुका खड्काको पहलमा बसेको स्थानीय जेष्ठ नागरिकहरुको बृहत भेलाले बृद्दबृद्दाहरुको हितका निमित्त अन्य कार्य योजना समेत तयार गरेको छ ।
बृद्दमैत्री  बिश्राम स्थलको निर्माण सम्पन्न गरी सो भवनमा सुचनामुलक पुस्तक, टेलिभिजन लगाएत अन्य प्राथमिक उपचारको ब्यवस्था समेत गरिने अवधारणा ब्यक्त गर्दै टुकीसंघ सुनकोशीका यज्ञराज कार्कीले सो बिश्राम स्थललाई जिल्लाकै नमुना कार्यको रुपमा स्थापित गराउने बताउनु भयो ।
हामीले धेरैसंग सहयोग को याचना गर्‍यौ तर कहीबाट सहयोग पाएनौ अब आफ्नै खल्तिको पैसा जुटाएर काम सुरु गर्न तातेका हौ । स्थानीय ८८ बर्सिय ज्ञान बहादुर थापाले भन्नुभयो ।
 गाउँ भरिकै जेष्ठ नागरिकहरु हरेक बिहान र  साँझमा  भेलाभई भलाकुसारी गर्ने स्थान भएकोले सो बिश्राम स्थल जेष्ठनागरिकहरुको लागि निक्कै उपयोगी हुने बताउनुहुन्छ स्थानीय कबिराज पुरी । उहाँ थप्नुहुन्छ  हामी बुढाहरु भेटहुने ठाउँनै यहीं हो, चियाको चुस्की लगाउदै पुरानो कुराहरु सम्झने यो थलोलाई ब्यवस्थित बनाउन सके राम्रो हुन्थ्यो ।
bridda1
गाविसले २ बर्षअगाडी छुट्याएको ७० हजार रकम खर्चिएर निर्माण कार्यको सुरुवात गरिएको सो बिश्राम स्थल पर्याप्त रकम अभावका कारण पूर्ण हुन सकेको थिएन । बाँकी  कार्यलाई सम्पन्न गर्न ३ लाख ५० हजार लाग्ने अनुमान गरिएको सो कार्यको लागि जेष्ठ नागरिकहरु आफै आर्थिक संकलनमा अग्रसर भएका छन ।   बिगत १० बर्षदेखी दुबै कान नसुन्ने ८१ बर्शिय खिमनाथ दुलालले बिश्राम स्थल निर्माणको लागि रु १००० प्रदान गर्दै भन्नु भयो बैठकमा भएको छलफल त सुन्न सकिन तर हाम्रै हितको लागि काम हुँदैछ भन्ने थाहा पाएर आफुले सकेको सहयोग गरेको हुँ ।
आफ्नो कमाइ छैन, एक कप चियाको लागि पनि छोराबुहारिको हात थाप्नु पर्छ, गाविसले दिने मासिक २ हजार भात्ताबाट मैले पनि १ हजार दिने  छु स्थानीय ७७ बर्शिय खडक बहादुर पुरीलेसमेत प्रतिवद्दता जनाए ।
भेलाको क्रममा टुकीसंघ का कार्कीले रु ३३७०, होमनाथ चौलागाइ ले ३३३३ र रेणुका खड्काले  ३००० आर्थीक सहयोग प्रदान गर्ने प्रतिवद्दता जनाएसंगै उपस्थित जेष्ठनागरिकहरुले पनि  ब्यक्तिगत सहयोग प्रदान गरेका थिए । जस्मा डिलबहादुर गिरी रु १०००,बलबहादुर थापा रु १५००, अर्जुन गहतराज २०००, दलबहादुर श्रेष्ठ ११११ , रेशम बहादुर थापा २००० र आर्थिक रुपमा बिपन्न अहिबर्ण बि क ले समेत रु ५०० आर्थिक सहयोग गरेका थिए । भेलाकै अवसरमा उपस्थित जेष्ठ नागरिकहरुबाट ३० हजार रकम संकलन भएको छ ।
bridda2
जेष्ठनागरिकहरुको भेलाले संकलित रकमलाई जेष्ठ नागरिक कल्याण मन्चको पदाधिकारीहरुको नाममा बैक खाता खोली सोही खातामा  जम्मा गर्ने र अन्य संघ संस्था तथा  समाजसेवीहरुलाई समेत बिश्राम स्थल निर्माणनार्थ  सहयोग गरिदिन अपिल गर्ने र सहयोगिहरुको नाम भावननिर्माण पस्चात् परदर्शी रुपमा सहयोगीको रुपमा लेखिदिने निर्णय समेत गरेको छ ।
देश विदेशमा रहेका सहयोगीमनहरुलाई उक्त विश्राम स्थल पूर्ण रुपमा सफल गराउँनको लागि सहयोग गर्न अपिल समेत गरेको छ ।
थप जानकारीको लागि ९८४१८५१९२५, ९८०८४३१००, ९८४१५०९७९६ तपाईहरुले गर्नु भएको सहयोगको रकम र नाम पारदर्शि रुपमा मिडिया माफर्त सबैलाई जानकारी गराईने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी