पाचौँ राष्ट्रिय कर दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै

पाचौँ राष्ट्रिय कर दिवस आज विभिन्न कार्यक्रम गरी मनाइदै

  • बुधबार, मंसिर १, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, १ मंसिर । 

आज पाचौँ राष्ट्रिय कर दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । दिवसको यस वर्षको नारा गौरवका साथ तिरौँ कर, समृद्ध राष्ट्र हाम्रो रहर भन्ने तय गरिएको छ ।

दिवसका अवसरमा सरकारले काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा विशेष कार्यक्रमको आयोजना समेत गरेको छ । त्यसअघि आज बिहान लाजिम्पाटमा रहेको आन्तरिक राजस्व विभागबाट प्रभातफेरी निकालिएको छ ।

प्रभातफेरी प्रज्ञाप्रतिष्ठानमा पुगेर कार्यक्रममा परिणत हुने बताइएको छ । सो कार्यक्रममा उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिने विभागले जनाएको छ ।

आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले सरकारले आधुनिक तथा नवीन कर मूल्य अभिवृद्धि कर लागू गरेको दिन मङ्सिर १ गतेलाई राष्ट्रिय कर दिवसका रुपमा मनाउने गरिएको जानकारी दिनुभयो ।

विभागले ३० जिल्लामा ४९ कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ । गतवर्ष ४ खर्ब ७५ अर्ब राजस्व सङ्कलन गरेको विभागले यसवर्ष ५ खर्ब ६६ अर्ब राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ