कृषि मन्त्रालयका कामलाई युद्धस्तरमा सञ्चालन गर्न प्रमको निर्देशन

कृषि मन्त्रालयका कामलाई युद्धस्तरमा सञ्चालन गर्न प्रमको निर्देशन

  • मङ्लबार, कार्तिक ३०, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

कार्तिक ३०, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कृषि मन्त्रालयका कामलाई युद्धस्तरमा सञ्चालन गर्न कृषिमन्त्री गौरीशंकर चौधरीलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री दाहालले आज मन्त्री चौधरीलाई सिंहदरवारमा बोलाएर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लगायत कृषि मन्त्रालयका कामलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो ।

प्रत्येक प्रदेशमा एक÷एक वटा सुपरजोन बनाएर कार्यक्रम कार्यान्वयन गर्र्न प्रधानमन्त्रीलेआग्रहगर्नुभयो ।

उहाँले झापामा धान, बारामा माछा, काभ्रेमा आलु, कास्कीमा तरकारी, दाङमा मकै, जुम्लामा स्याउ र कैलालीमा गहुँ खेतीका लागि सुपरजोन क्षेत्र बनाएर डेढ महिनाभित्र उद्घाटन गर्ने व्यवस्था मिलाउन पनि कृषिमन्त्रीलाई निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले परियोजनामा सञ्चालन हुने कार्यक्रमहरुबारे जनस्तरमा व्यापक प्रचार–प्रसार गर्ने, जनस्वास्थ्यमा ध्यान दिँदै परियोजनाबाट बितरण गरिने मलमा आधा रासायनिक मल र आधा कम्पोष्ट मलको प्रतिस्पर्धाको आधारमा बितरण गर्न, परियोजना सञ्चालन गर्न सिंचाई, पूँजी सुधार, ग्रामिण विद्युतीकरण, कृषि सडक, कृषि ऋण उपलब्ध गराउने निकायसँग समन्वय गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीले जनता पेन्सन कार्यक्रमलाई छाताको रुपमा लिएर त्यसअन्तर्गत कृषक सुरक्षा भत्ता थालनी गर्न पनि निर्देशन दिनुभएको छ ।

उहाँले मजदुरी गर्ने किसान, साना र सीमान्त किसान, मझौला वा अर्धव्यवसायिक किसान र व्यवसायिक किसानको वर्गीकरण गरी निम्न स्तरका किसानका लागि पहिलो चरणमा किसान सुरक्षा भत्ता उपलब्ध गराउने तयारी गर्न पनि निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्रीले कृषि विकास रणनीतिमा व्यवस्था भएअनुसार किसान आयोगको गठन गरिने जानकारी गराउँदै देशभरिको बाँझो जमिनको सदुपयोग गर्ने, द्धन्द्धपीडित, वैदेशिक रोजगारीमा गएर फर्किएका महिला लक्षित विशेष कार्यक्रम सञ्चालनका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्न पनि उहाकोआग्रह छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ