इतिहास रच्दैछिन त्रृतु बोहरा

इतिहास रच्दैछिन त्रृतु बोहरा

  • सोमवार, कार्तिक २९, २०७३
  • सिर्जना तिम्सिना

  • 10.6K
    SHARES

प्रतिभामा प्रकृतिको पनि केही देन हुन्छ भनिन्छ । प्रकृतिले नै प्रतिभा दिएका मानिसलाई सानै देखि हुने बिरुवाको चिल्लो पात भनेर नेपाली समाजमा उखान पनि भन्ने गरीन्छ । यस्तै चिल्लो पातको रुपमा देखा परेकी त्रृतु अहिले कलाकारीता क्षेत्रमा ईतिहास रच्दै अघि बढ्न सफल भएकी छन् ।
बाल सञ्चारकर्मीको रुपमा सानै उमेरदेखि रेडियो मिर्मिरेमा बाल प्रतिभा कार्यक्रम चलाउन थालेकी स्थाई घर सिन्धुपाल्चोक जिल्ला टेकान्पुर गा . बि . स वडा नम्बर ८ र काठमाडौँमा जन्मिएकी ऋतु बोहरा अहिले आम नेपालीहरुमा सहयोगको लागि हात फैलाइरहेकी छिन् । सानै देखि कलाकारिता क्षेत्रमा अत्यन्त रुची राख्ने उनि अहिले बिन्ध्यबासिनी म्युजिक अवार्ड २०७३ का लागि वर्ष कै सर्वउत्कृष्ठ म्युजिक भिडियो मोडल तर्फ बाट नोमिनेशनमा परेकी छन्  । कक्षा १० मा अध्ययन गरीरहेकी यी बाल सुन्दरी आफ्नो बाबु राजु बोहरा र काब्य आचार्य द्वारा स्वर बद्ध रमेश श्रेष्ठ र नवराज गौतमको संयुक्त प्रस्तुति ” छुट्यो माया जाल ” लोक दोहोरी गीतमा प्रस्तुतकर्ता रमेश श्रेष्ठले अफर गरेपछी उनले आफ्नो कलाकारिता यात्राको सुभारम्भ गरेकी हुन् ।
उनलाई आफ्नो उमेर सानो र आफ्नो जोडीको रुपमा यस भिडियोको लागि दुर्गेश थापा सुहाउने भन्दै बिन्ध्यबासिनी म्युजिक प्रालिका प्रबन्ध निर्देशक सुवास रेग्मीले दुर्गेश थापा छनोट गरेका थिए । सोहि जोडी द्वारा अभिनित “ छुट्यो माया जाल “ यस गीतको म्युजिक भिडियो छोटो समयमा नै असंख्य दर्शकहरुले मन पराउनु भएका कारण अहिले सर्व उत्कृष्ठ मोडल दोहोरी तर्फ बाट ऋतु बोहरा र दुर्गेश थापाको जोडी बिन्ध्यबासिनी म्युजिक अवार्ड को लागि नोमिनेशनमा परेको हो ।

ritu
लगत्तै उनले लक्ष्मी न्यौपाने द्वारा स्वर बद्ध “ न्याउली चरी बोलको गितको म्युजिक भिडियोमा समेत अभिनय गरिसकेकी छिन् भने यस बर्षको तिजको समयलाई लक्षित “ किन आएनन् “ बोलको गीतको म्युजिक भिडियोले पनि उनलाई उचाइमा पुर्याएको छ । उनि बिगत लामो समय देखि रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको हरेक सनिबार बेलुकी ५ बजे प्रसारणमा आउने कार्यक्रम बाल प्रतिभा कि ंचालिका समेत हुन्  ।
उनलाई यसरी अघि बढ्ने प्रेरणाको स्रोत बुवा राजु बोहराको ठूलो हात छ । बोहरा आफै सांगीतीक क्षेत्रको पत्रकारीतामा चर्चित नाम हो । करीब एक दशकदेखि लोकसंगीत तथा अहिले आधुनिक गीतको कार्यक्रमबाट समेत देश विदेशमा रहेका संगीत प्रेमी स्रोताहरुका माझ लोकप्रिय छन् ।
अहिले क्रतु आफुले अभिनय गरेको पहिलो म्युजिक भिडियोले नै यति धेरै सफलता प्राप्त गरेकोले मख्ख छिन् भने अझै थप उचाईमा पुर्याईदिनु हुनका लागि आफ्ना सम्पूर्ण सुभचिन्तक श्रोता एवम् दर्शक समक्ष अनुरोध गरिरहेकी छिन् । सर्वउत्कृष्ट मोडल दोहोरीतर्फ ऋतु बोहरा र दुर्गेश थापा लाई भोट गर्नका निमित्त भोटिंग आईडी BMA ( space ) 29A रहेको छ र ३३००१ मा पठाउन सक्नु हुनेछ ।
अब यहाँहरु सबैको सहयोगले मोडल ऋतु बोहरालाई कलाकारिता क्षेत्रमा लागेर अझै शसक्तता दिन हौसला थप हुनेछ । मोडल ऋतुलाई भोटिगं गरी विजयी गराउन सबैको सहयोगको अपेक्षा उनको छ । बोहरा द्वारा अभिनित छुट्यो माया जाल “ गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी