सडकमा हिडिरहेका बालकलाई आन्दोलनकारी भन्दै प्रहरीद्धारा गिरफ्तार

सडकमा हिडिरहेका बालकलाई आन्दोलनकारी भन्दै प्रहरीद्धारा गिरफ्तार

  • आइतवार, कार्तिक २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ ,२८ कार्तिक ।

प्रहरी विप्लव माओवादीको नेपाल बन्द सुरु हुनुपूर्व नै आज तीनकुने र नयाबानेश्वरबाट सडकमा हिडिरहेका ६ जना बालकलाई नियन्त्रणमा लिएको छ ।

रौतहटबाट आफ्ना बाुबुलाई भेट्न आज बिहान काठमाण्डौ आईपुगेका सुदेचोकका राहुल मन्सुरलाई प्रहरील आज बिहान ४ बजे नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

आफु बिहानमात्रै काठमाण्डौ आईपुगेको र गौसालामा रहेका आफ्ना बाबुको कोठामा जान सडकमा हिडिरहेको अवस्थामा प्रहरीले बन्दकर्ता भन्दै पक्राउ गरेर लगेको मन्सुरले बताएका छन् । उनलाई अहिले तीनकुने प्रहरी चौकिमा राखिएको छ ।

यस्तै भत्तपुरमा रहेको पोल्ट्रिफमबाट शान्तिनगर कारेश्वरमा रहेको घरमा फर्कदै गर्दा आज बिहान ५ जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।पक्राउ पर्नेमा रुपेश श्रेष्ठ , प्रशान्त आलेमगर , अदिश थापा क्षेत्री , मनोज तामाङ र विवेक केसी रहेका छन् ।

नेपाल बन्द हुने सुनेपछि बिहान उज्यालो नभईकन भत्तपुरबाट हिडेर आएका उनीहरुलाई नयाँबानेश्वर आईपुगेपछि बिहान साढे ४ बजे प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई पनि तीनकुने प्रहरी प्रभागमा नै राखिएको छ ।

उता तीनकुने प्रहरी प्रभागका डिएसपि नारायणप्रसाद चिमोरियाले भने सडकमा बन्द गराउदै हिडेको अवस्थामा फक्राउ गरेको बताउनु भएके छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी