सिरहा , २८ कार्तिक ।
नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले जनप्रतिनिधि नहुदा अरबौं रुपैया दुरुपयोग भएको बताउनु भएको छ । त्यस्तो दुरुपयोग रोक्नका लागी पनि स्थानिय निकायको निवार्चन अपरिहार्य रहेको नेता नेपालले बताउनुभयो ।
सिरहाको लहानमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाले पुरानै संरचनामा भएपनि तोकिएकै मितिमा चुुनाव हुुने दाबी पनि गर्नुभएको छ ।
नेपालले विगत १६ वर्षदेखि स्थानीय निकायको निर्वाचन नभएकोले भ्रष्टाचार मौलाउँदै गएकोले सबै मिलेर निर्वाचन गर्नुपर्ने उहाको भनाई छ ।
उहाले चुुनावलाई संविधान संशोधनसँग नजोडी नयाँ संरचना मान्य नभए पुरानै संरचनामा भएपनि स्थानीय निर्वाचनको हुुने चुुनावमा सकारात्मक भूूमिका खेल्न मधेसी दललाई आग्रह गर्नुभयो ।
अर्को प्रसंगमा उहाले नेपालीहरु नै राष्ट्रप्रमुुख बन्न योग्य रहेकोले अंगिकृत नागरिकता पाएका व्यक्तिले प्रधानमन्त्री र राष्ट्रपतिमा जाने माग गलत भएको टिप्पणी टिप्पडि गर्नुभयो ।