देशभर सयौ कार्यकर्ता पक्राउ ,उपत्यकामा मात्रै २ सय २६ जना गिरफ्तार

देशभर सयौ कार्यकर्ता पक्राउ ,उपत्यकामा मात्रै २ सय २६ जना गिरफ्तार

  • आइतवार, कार्तिक २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ ,२८ कार्तिक ।

नेकपा माओवादी आयोजना गरेको नेपाल बन्दका क्रममा देशभरबाट सयौ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

उपत्यकाबाट मात्रै २ सय २५ बढी कार्यकर्ता पक्राउ परेको प्रहरीले जनाएको छ ।

काठमाण्डौबाट सबैभन्द धेरै २०२ जना पक्राउ परेका छन् भने ललितपुरबाट २४ जना पक्राउ परेका छन् ।

बालाजुबाट ५४ जना , कलंकिबाट ५८ जना , चावेलबाट १४ पक्राउ परेका छन् ।

यस्तै रत्नपार्क , कोटेश्वर ,बौद्ध , नयाँ बानेश्वर , बालाजु लगायत करिब २० भन्दा बढी स्थानबाट माओवादीका नेता कार्यकर्ता पक्राउ परेको प्रहरी प्रवत्ता एसएसपि शरद चन्दले जानकारी दिनुभयो ।

पोखराबाट १ जना पक्राउ परेको माओवादीले जनाएको छ । यस्तै सुर्खेतबाट केन्द्रिय सदस्य गोमा ओली सहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा माओवादीका पोलिट ब्युरो दस्य ओम पुन ,युवा जनस्वयंसेवकका अध्यक्ष सुदीप मल्ल सहित ,अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण बहादुर सिंह लगायत रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी