विप्लव माओवादीको बन्दका कारण देशभरको जनजीवन प्रभावित , आज मात्रै दर्जनौ कार्यकर्ता पक्राउ

विप्लव माओवादीको बन्दका कारण देशभरको जनजीवन प्रभावित , आज मात्रै दर्जनौ कार्यकर्ता पक्राउ

  • आइतवार, कार्तिक २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

कार्तिक २८ काठमाण्डौ । खाद्य सम्प्रभुत्ताको अधिकार सुनिश्चित हुनु पर्ने , मंहगी कालोबजारी र भ्रष्टाचारको अन्त्य हुनु पर्ने माग गर्दै नेकपा माओवादीले आव्हान गरेको नेपाल बन्दका देशै भरको जनजीवन प्रभावित बनेको छ ।
बन्दका उद्योग धन्दा, कलकारखाना, शिक्षणसंथा, यातायात प्रभावित भएको छ ।
बन्द गराउदै प्रदर्शनमा उत्रिएका माओवादी नेताकार्यकर्ताहरुलाई देशभरबाट ठूलो संख्यामा प्रहरीले पक्राउ गरेको छ ।
आज मात्रै कोटेस्वरबाट युवा जनस्वयंसेवकका अध्यक्ष सुदीप मल्ल सहित  ७ जना, कलंकी चोकबाट अखिल क्रान्तिकारीका अध्यक्ष पूर्ण बहादुर सिंह सहित १३ जना , यसै गरी वागबजारबाट एक जना ,पोखराबाट १ जना पक्राउ परेको माओवादीले जनाएको छ ।  यस पटकको बन्दमा माओवादी कार्यकर्ता शहर र चोकहरुमा प्रदर्शन सहित उत्रिएका छन् ।

उता बन्दको अवज्ञा गरेको भन्दै रुपन्देहीको बुटवलमा दुई वटा सवारी साधनमा माओवादी कार्यकर्ताहरुले तोडफोड गरेका छन् ।  प्रहरीले बन्दको आशिक प्रभाव परेको भन्दै सबैतिर सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ ।

banda-1

pakrau

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी