एक कप चिया आँखाको उपचारका लागी दान ,किर्तीपुरमा निःशुल्क आँखा परिक्षण

एक कप चिया आँखाको उपचारका लागी दान ,किर्तीपुरमा निःशुल्क आँखा परिक्षण

  • शनिबार, कार्तिक २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं, कात्तिक २७ ।

किर्तीपुरमा आज युवा नेत्र सेवाले आँखाका बिरामीको निःशुल्क परिक्षण गरेको छ ।

आँखाको परीक्षण गरी निःशुल्क औषधि वितरण गर्नुका साथै मोतिबिन्दु भेटिएका बिरामीको शल्यक्रियासमेत गरिएको थियो ।

निःशुल्क मोतिबिन्दु शल्यक्रिया कार्यक्रममा थाईल्यान्डका कार्यवाहक राजदूत डा. पसुवत याथिपले निरीक्षण गर्नुभएको थियो ।उहाले युवा नेत्र सेवालाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।

दिनभर दुई सयभन्दाबढीको आँखा परिक्षण र ५० जनाको शल्यक्रिया गरिने युवा नेत्र सेवाका अध्यक्ष सिद्धार्थ रञ्जितले बताउनु भयो ।

संस्थामार्फत् विगत १८ वर्षदेखि निःशुल्क आँखा परीक्षण गरिँदै आएको र विभिन्न दुर्गम ठाउँमासमेत स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको उहाले बताउनु भयो ।

अँध्यारोबाट उज्यालो भन्ने नारा दिएर सुरुवात गरिएको अभियानमा एक कप चियाको मूल्य बराबरको रकम दान दिएर आँखाका बिरामीको उपचार गरिँदै आएको छ ।

संस्थाले एक कप चियाका सदस्य बनाएर यसलाई निरन्तरता दिँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी