शिक्षकखोज्दै ‘शेर्पाहरु पुगे’ सदरमुकाम पुगे !

शिक्षकखोज्दै ‘शेर्पाहरु पुगे’ सदरमुकाम पुगे !

  • शनिबार, कार्तिक २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

ओखलढुंगा कार्तिक २६ । ‘स्कूल त बनायौ तर मास्टर भेटिएन’ओखलढुंगा सदरमुकाममा भेटिएकाजन्तरखानीङिमा शेर्पाले भने । लामो समयदेखि विद्यालयमाशिक्षक फेलानपारेपछिआफूहरु शिक्षकखोज्दै सदरमुकामआएको उनले बताए ।
सदरमुकामदेखि ८ कोष टाडा पर्ने जन्तरखानीको वन्दनासिहदेवीप्राविबाख्रेमाशिक्षकनभेटेपछिखोज्दै जिल्लाशिक्षाकार्यालय पुगेका थिएयहाँका समुदाय । भरखरै हाजिरी भएकाजिल्लाशिक्षाअधिकारी बालकृष्णचौलागाईलाई भेटेर उनीहरुले शिक्षकविहिनविद्यालयकाबारेमागुनासो गरे ।
विद्यालयमातीनजनाको दरवन्दीभएपनिशिक्षकनहुँदाविद्यालयखुल्न सकेको थिएन । ‘जिल्लाका सवै विद्यालयहरु कार्तिक २२ गतेबाट सञ्चालनभएपनियहाँको विद्यालयखुलेको छैन ।’ स्थानीय रामे तामाङले भने । ‘भौतिकपूर्वाधारको राम्रो प्रबन्धभएको छ तर मास्टर छैन । त्यसैले खोज्दै आएकाहौं ।’ स्थानीयदीपकविकले शेर्पाखबरलाई भने ‘भवनगज्जवको बनेको छ मास्टर पो छैन ।’
विद्यालयमाकार्यरत शिक्षकइन्द्र मगर जन्तरखानीकै नवज्योतिमाविमाकाजमिलाएर वसेका छन् भने प्रअ समेत रहेका राजु बानियाँ अस्थायी भएकाले ‘विद्यालयलाई वास्तगर्न छाडेको’ स्थानीयले बताए । अर्का एक शिक्षिकाको पनिअत्तोपत्तो नभएको उनीहरुले सुनाए । आफ्ना बालबालिकाको भविष्यअन्धकार भएको भन्दै स्थानीयहरु शिक्षकखोज्न सदरमुकामपुग्दाजिल्लाशिक्षाअधिकारी चौलागाईले काजकाविषयमाआफूले तत्कालै केहीगर्न नसक्ने जवाफदिए । ‘हेड सरलाई चाँहीखोँजुला । तपाईहरुको कुरा मैले बुझेँ ।’ जिशिअचौलागाईले शिक्षकखोज्दै सदरमुकामपुगेका स्थानीय सन्तुष्टपार्दै भने ‘मास्टर खोजेर पठाउने काम मेरो भयो ।’
विद्यालयमाशिक्षकनभएको लामो समयसम्म राम्ररी पठनपाठननभएको विषयमा स्रोत व्यक्तिगोपिकृष्णगौतम भने विज्ञ देखिए । उनले भने ‘मास्टर नआएको कुरा मलाई थाहा छ । केहीजानकारीपनिआएकै हो तर कार्वाहीगर्न सकिएको छैन ।’
विव्यास अध्यक्षले नआएको दिन ‘रातो’लगाउने अधिकार भएपनिउनीहरुले नै अनुपस्थितहुने शिक्षकलाई जोगाउँने गरेको भन्दै स्रोतव्यक्तिगौतमले उल्टै गुनासो पोखे ।
शिक्षकखोज्दै जिशिकामाअभिभावकहरु पुगेपछिजिशिकाचौलागाईले तत्काल समस्याको समाधानको लागिपहलगर्ने बताए । ‘जिल्लाका समस्यालाई मसिनो ढंगले अध्ययनगर्दै छु । म केहीगर्न आएको हुँ । तपाईहरुको गनासोको समाधानगर्छौं ।’ जिशिअचौलागाईले भने ।
वन्दनासिहंदेवीप्राविमाहालै ओखलढुंगा नौ डाँडा संस्थाले भवननिर्माण गरी हस्तान्तरण गर्दा समेत विद्यालयमा कोहीउपस्थितनभएपछिशिक्षकखोजीभएको थियो ।

a-2
खादा मन पर्दैनःजिशिअ चौलागाईं
बौद्धमार्गीहरुको पवित्रमानिने खादालाई जिशिअचौलागाईले ‘तिरस्कार’ गरे । ‘मलाई यो (खादा) मन पर्दैन । म यसको विरोधीहुँ ।’ चौलागाईले आफ्नै च्याम्बरमाउभिएर भने ‘तर तपाईहरुले प्रेम पूर्वक ल्याउनु भएकाले मात्रै स्वीकारेको हुँ ।’उनले आफूलाई फुलको थुँगादिएर सम्मानगर्न समेत आग्रह गरे । केहीपत्रकारहरुको उपस्थितीमाउनले भने ‘तपाईहरु मार्फत यो सन्देश जाओस्, जिल्लाभर विद्यालयहरुमा समेत यसलाई प्रतिबन्धलगाउनु पर्छ ।’
जिशिअले यसो भनिरहँदानयाँपत्रिकाका दैनिककाजिल्ला समाचारदाताकुलबहादुर तामाङ, कान्तीपुर टीभीकापत्रकार नवराजकार्की, शिक्षा कै लेखाअधिकृत विष्णु भट्टराई मुखामुखहेरिरहेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी