वैदेशिक रोजगार विभाग भोली पनि खुल्ने

वैदेशिक रोजगार विभाग भोली पनि खुल्ने

  • शुक्रबार, कार्तिक २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, कात्तिक २६।
श्रम स्वीकृति लिनेको भिड लागेकाले वैदेशिक रोजगार विभाग ताहचलमा भोलि पनि काम हुने भएको छ । गत मंगलबार देखि सफ्टवेयरमा आएको समस्या हिजो मात्र बनेको हो ।

सफ्टवेयर बनेपछि हिजो एकैदिनमा २१ सय जनाले श्रम स्वीकृति लिएको विभागका प्रमुख कृष्ण दुवाडीले जानकारी दिनु भयो । उहाँका अनुसार भिड बढेपछि गएराती साढे ११ बजेसम्म काम भएको थियो ।

अहिले पनि विभागमा झण्डै ५÷६ सय जना श्रम स्वीकृतिको लागि पुगेका छन् । श्रम स्वीकृतिको लागि भिड बढेपछि आज राती सम्म पनि काम हुने विभागले जनाएको छ ।

टिकट हुनेको राती सम्म पनि काम गर्ने विभागका प्रमुख दुवाडीले बताउनुभयो । तिहार र छठ जस्ता चाडपर्वको बिदाका कारण झण्डै ७ हजार श्रम इजाजतका फाइल थुप्रिएका उहाँले बताउनुभयो ।

समयमा श्रम स्वीकृति नहुँदा विदेश जाने तयारीमा रहेका धेरै युवा समस्यामा परेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी