एजेन्सी ,२४ कार्तिक ।
अमेकाको राष्ट्रपतिका लागी निर्वाचन अघि गरिएका सर्वेक्षणलाई झुठो सावित गर्दै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औँ राष्ट्रपतिमा निर्वा्चित भए ।
अमेरिकी अर्बपति व्यापारी ट्रमले ३० वर्षदेखि अमेरिकाको राजनीतिमा सक्रिय पूर्व्विदेशमन्त्री समेत बनिसकेकी डेमोक्रेटिक उम्मेदवार हिलारी क्न्टिनलाई पछि पार्दै राष्ट्रपति पदमा निर्वा्चित भएका हुन् ।
सन् १९४६ जुन १४ मा जन्मिएका नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाका नामी अर्बपति हुन्। ट्रम्पले अहिलेसम्म चुरोट खाएका छैनन् । ट्रम्पले अहिलेसम्म चुरोट , रक्सी , लागू औषध सेवन गरेका छैनन् ।कुलतका कारण आफ्नै दाजु फ्रेडलाई गुमाएका ट्रम्पले नपिउन सल्लाह दिन्थे । फ्रेड अत्याधिक मधिरा पिउथे ।
ट्रम्पले २००६ मा पहिलो पटक आफ्नै भोड्का बजारमा ल्याएका थिए । सन्काह स्वभावका ट्रम्पले २०११ मा भोड्काको व्यापार बन्द गरेका थिए ।
उनले बजारमा ल्याएको भोड्कालाई उत्कृष्ट र राम्रोसँग प्याक गरिएको भन्ने गरेका थिए । तर राम्रो व्यापार गर्न नसकेपछि भोड्का ब्यापारबाट पनि भड्कीएर ट्रम्पले उत्पादन नै बन्द गरे ।
ट्रम्प अमेरिकाको नाममा बोर्ड गेम भएका पहिलो राष्ट्रपति हुन् । उनको व्यापारमा मोनोपोली पनि छ । मोनोपोलि (व्यापारी) जस्तै बोर्डमा खेलिने ‘ट्रम्प द गेम’ १९८९मा सुरु गरेका थिए । तर, राम्रो बजार लिन नसकेपछि बन्द भयो ।
फोर्स म्यागजिनका अनुसार अमेरिकाको सर्वा्धिक धनीको सूचीमा ट्रम्प १५६ औ स्थानमा छन् भने संसारकै धनी मध्ये ट्रम्प ३२४ औँ व्यक्ति हुन् ।
फोर्सले यसै वर्ष सार्वजनिक गरेको विवरण अनुसार ट्रम्पको नेटवर्थ करिब ३.७ अर्ब डलर रहेको छ ।
राष्ट्रपतिय निर्वाचन अघि उनीमाथि महिलामाथि यौन हिंसा गरेको आरोप लागेको थियो । सोहि कारण निर्वाचन अघि गरिएको सर्वेक्षणमा उनी प्रतिद्धन्दी हिलारी भन्दा कम मतका साथ पछि थिए ।
त्यतिमात्र हैन उनको नाङगो मुर्ती बनाएर अमेरिकाको मुख्य शहरहरुमा राखि सबैले त्यहा लात हान्दै हिडेका थिए । उनलाई नग्न मुर्ती सँगै महिलाहरुलाई यौन हिंसा गरेको देखाउने खालका सांकेतिक मर्ती तथा कृयाकलाप पनि गराईयो । त्यसका बाबजुत आफुमाथि लागेको आरोप अस्वीकार गर्दै निर्वाचनबाट पछि हटेनन् । उनले सर्बोत्र आलोचना भएपछि माफि पनि मागेका थिए ।
ट्रम्पलाई अमेरीकाको राष्ट्रिपति बन्न लायक नभएको भन्दै सर्बत्र आरोप ,निन्दा र आलोचना भएको थियो ।