रुप कुमारको छैटौ एल्बम रुप बजारमा

रुप कुमारको छैटौ एल्बम रुप बजारमा

  • बुधबार, कार्तिक २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.6K
    SHARES

काठमाडौं, २४ कार्तिक । लामो समय देखि नेपाली गीत संगीतमा आबद्ध हुदै आएका गायक हुन् रुप कुमार राई । गीत संगीत भने पछि कसलाई मन नपर्ला र त्यहि क्रममा सानै देखि गीत संगीत भने पछि हुरुक्कै हुने र पछिल्लो समय गायनमा आफ्नो चर्चा कमाउदै आएका गायक हुन् रुप कुमार राईले आफ्नो छैटौ एल्बम रुप बजारमा ल्याएर आएका छन् ।
नेपाली गीत संगीतको बजारमा गायक राईले २०५९ सालमा आफ्नो पहिलो एल्बम मनको देउराली त्यस्तै गरि २०६१ सालमा दोस्रो एल्बम साक्षी २०६४ सालमा तेस्रो एल्बम सामिप्य अनि २०६८ सालमा चौथो एल्बम राम साईलि त्यस्तै २०७१ सालमा पाचौ एल्बम सार ल्याएर आइसकेका थिए भने अहिले २०७३ मा आएर आफ्नो नया एल्बम रुप ल्याएर आएका छन् ।
उनका यी एल्बमबाट सोप्निल छायाले, तिम्रो मन मा के छ , राम साईली, गुन्द्रु किनामा, आदि लगायतका एकदमै चर्चित गीत रहेका छन् यस्तै गायक रुप कुमारले लोकगीत विधा मार्फत पनि २०६८ सालमा हिट्स अवार्ड पनि जितेका थिए ।
अहिले आफ्नो नयाँ गीत तिम्रो नै रुपरंगको छ चर्चा जता ततै बोलको गीत बजारमा चर्चित बन्दै गईरहेको छ । सँगसँगै जवानीको चर्चा अनि त्यहि जवानीको पर्चा सँगँंगै मात लाउँदै आफ्नो नया गीत ल्याएर आएका गायक रुप कुमार लामो समयदेखि गीत संगीतमा आबद्ध भएर नै यहि क्रमलाई पछ्याउदै यहि नयाँ गीत तिम्रो नै रुपरंगको छ चर्चा जता ततैबाट गीत संगीतमा फड्को मार्दै छन् ।
गायक रुप कुमार राइको यो गितको म्युजिक भिडियो पनि बनेको छ । भिडियो रुपसँगसंगै जवानीको चर्चा अनि त्यहि जवानीको पर्चाको कथा बस्तुलाई निर्देशक अर्जुन अधिकारीले समेट्ने कोसिस गरेका छन् । चर्चित गीतकार डा.कृष्ण हरि बरालको शब्द रचना अनि शान्तिराम राईको संगीत संयोजनसँगै किरण कंडेलको यो गीतमा एरेन्ज रहेको छ ।
यसै गरि यो गीतको म्युजिक भिडियोमा चर्चित मोडेल केकी अधिकारी अनि जिबन भट्टराईको प्रस्तुति रहेको छ । त्यहि प्रस्तुतिलाई हरि हुमागाईले छायाँकन गरेका छन् भने निशान घिमिरेको सम्पादनसँगै अर्जुन अधिकारीको निर्देशन रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी