छन्त्याल संघको महाधिवेशन पुसमा हुने

छन्त्याल संघको महाधिवेशन पुसमा हुने

  • मङ्लबार, कार्तिक २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, २३ कात्तिक ।  नेपाल छन्त्याल संघको छैठौं राष्ट्रिय महाधिवेशन आगामी पुस १५ देखि १७ गतेसम्म पोखरामा हुने निश्चित भएको छ ।
कास्कीको नदीपुरस्थित जिल्ला समिति कार्यालयमा गत कात्तिक १२ गते बसेको विशेष भेलाले छैठौं महाधिवेशन गर्ने निर्णय गरेको महाधिवेशन आयोजक समितिका संयोजक कमल भलञ्जा छन्त्यालले बताए, ‘अहिलेको अवस्थामा महाधिवेशन नै हामीबीच भएको साना तिना समस्या समाधानको उत्तम विकल्प हो । देशदेखि विदेशसम्मका सम्पूर्ण छन्त्यालहरू महाधिवेशन सफल बनाउनतिर जुट्न आग्रह गर्दछु ।’
नेपाल सरकारले सूचीकृत गरेका ५९ आदिवासी जनजातिमध्ये थोरै संख्यामा रहेका छन्त्यालहरूको छैठौं महाधिवेशन सफल बनाउनका लागि व्यवस्थापन, आर्थिक, प्रचार–प्रसार, विधान मस्यौदालगायत उपसमितिहरूको गठन काठमाडौंको केन्द्रीय कार्यालयमा गत कात्तिक २१ मा बसेको मूल आयोजक समितिको बैठकले गठन गरेको छ ।
छन्त्यालहरूको प्रतिनिधिमूलक संस्था नेपाल छन्त्याल संघको स्थापना २०४३ देखि अहिलेसम्म पाँचवटा महाधिवेशनहरू सम्पन्न भएको आयोजक समितिका सदस्यसचिव गोबिन्द डाँडामारे छन्त्यालले बताए, ‘स्थापनाको तीन दसक अवधिमा सांगठनिक रुपले नौवटा जिल्ला, चारवटा क्षेत्रीय र ७० को हारहारीमा प्रारम्भिक समितिहरू र चारवटा भातृसंस्थाहरू, आधा दर्जनभन्दा बढी विदेशस्थित संस्थाहरू छन् । विधानत पाँचसय भन्दा बढी प्रतिनिधिहरू र ५० भन्दा बढी पर्यवेक्षकहरू महाधिवेशनमा सहभागी हुने छन् ।’
संघमा हालसम्म दिलबहादुर घरब्जा छन्त्याल, मचिन घरब्जा छन्त्याल, चित्रबहादुर घरब्जा छन्त्याल, इन्द्रजित भलञ्जा र लक्ष्मीप्रसाद घरब्जा छन्त्याल अध्यक्ष भइसकेका छन् । संस्थापक अध्यक्ष दिलबहादुर घरब्जा छन्त्यालको २०७० सालमा तीन वर्ष अघि नै देहान्त भएको थियो ।

संघको मातहत जिल्ला, क्षेत्र र प्रारम्भिक समितिहरू र भातृ संस्थाहरूमा प्रचार–प्रसारका लागि पर्चा, पम्प्लेटहरू कात्तिक महिनाभित्र नै पुर्याउने गरी कार्य भइरहेको प्रचार–प्रसार उपसमिति सदस्य तारामिलन झिङ्राजा छन्त्यालले जानकारी दिए, ‘धमाधम काम भइरहेको छ । यदि कात्तिक महिनाभित्र पठाउन नसकिए पनि आगामी मंसिरको पहिलो हप्ता सबै मातहत समिति र संस्थाहरूमा पर्चा, पम्प्लेटहरू पुर्याइने छ ।’
बागलुङ र म्याग्दी जिल्लाका क्षेत्र÷इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणनाअनुसार छन्त्यालहरू ४३ जिल्लाहरूमा रहेको देखिन्छ । छन्त्यालको जनसङ्ख्या ६,५६५ महिला र ५,२४५ पुरुष गरी कुल ११,८१० रहेका छन् । जसमध्ये बागलुङमा ३,९७८ ९३५।४१० र म्याग्दीमा ३,८८९ ९३४।६१० गरी कुल ७,८६७ ९७०।०२० को सङ्ख्यामा दुईवटा जिल्लामा मात्र बसोबास गर्दछन् । छन्त्याल भाषा बोल्ने वक्ताको सङ्ख्या महिला २,४५८ र पुरुष १,८२५ गरी ४,२८३ ९३६।२७० रहेका छन् । सन् २०११ को तथ्याङ्क अनुसार नेपालको साक्षरता प्रतिशत ६५।९ रहको छ भने यस जातिको साक्षरता प्रतिशत ७२।७ रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ