तरुण दलको असन्तुष्ट पक्षले समानान्तर महाधिबेशन गर्ने चेतावानी

तरुण दलको असन्तुष्ट पक्षले समानान्तर महाधिबेशन गर्ने चेतावानी

  • सोमवार, कार्तिक २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

भक्तपुर, २२ कार्तिक । नेपाल तरुण दलको महाधिबेशनको बिषयलाई लिएर असन्तुष्ट पक्षले तोकिएको मिति कार्तिक २७ देखि २९ मा महाधिबेशन भए पोखरामै समानान्तर महाधिबेशन गर्ने चेतावानी दिएका छन् ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै तरुण दलका पूर्व अध्यक्ष बिनोद कायस्थले नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको महाधिबेशन हठात् मनस्थितिमा गरिए पोखरामै समानान्तर अधिबेशन गर्ने चेतावनी दिनु भयो । उहाँले बिभिन्न जिल्लामा अझै पनि बिबाद कायम रहेकाले सबैलाई समेटेर अघि नबढे यसले तरुणदलमा मात्र बिभाजनको स्थिति नभएर पार्टी बिभाजनकै अवस्था श्रृजना हुने बताउनु भयो ।
केन्द्रिय सदस्य एवं बिधान तथा प्रचार प्रसार समितिका संयोजक मेदनी सिटौलाले एकलौटि रुपमा अधिवेशन गर्न खोज्नु र सदस्यता बितरण गर्नुका साथै तरुणदलका वर्तमान अध्यक्षले अकस्मात अधिबेशनको आह्रवान गर्नु जायज नभएको बताउनु भयो । उहाँले अधिबेशनको खाँटि पक्षधर हामी भएको भन्दै समय गलत भएकाले सबैको सल्लाहमा मात्र निर्वाचनको मिति तय नगरिए तरुणदल बिघटन गर्नु पर्ने बताउनु भयो ।
केन्द्रिय सदस्य लक्ष्मी खतिवडाले नेपाली काँग्रेसका वर्तमान सभापति शेर बहादुर देउवा प्रतिगमनका समय मतियारको भूमिकामा रहेको र पेलेरै भएपनि तरुणको अधिबेशनमा लागेको आरोप लगाउनु भयो । हरेक परिवर्तनमा तरुणको भूकिालाई यदि देउवाले भूल्दै अधिबेशनको तयारीका लागि निर्देशन दिए परिणाम घातक सावित हुने उहाँले बताउनु भयो ।
केन्द्रिय सदस्य टेकराज पौडेलले पोखरामा हुने भनेको महाधिबेशन केहीले आफ्नो स्वार्थ पूर्तिका लागि र काँग्रेसका तरुण बीच दुरी बढाउने काम भएको भन्दै उहाँले सबै समस्याको हल नखोजी तोकिएको समयमा महाधिबेशन गरे काँग्रेसकै लागि घातक हुने बताउनु भयो । उहाँले बिभिन्न जिल्लाको बिबाद मिलाएर महाधिबेशन गर्न सुझाव दिनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ