उदाउदो सूर्यलाई अर्घ दिदै महाछठ पर्व आज सकियो

उदाउदो सूर्यलाई अर्घ दिदै महाछठ पर्व आज सकियो

  • सोमवार, कार्तिक २२, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं, कात्तिक २२। 

मिथिला क्षेत्रमा विशेष महत्व र उल्लासका साथ मनाइने छठ पर्व आज सकिएको छ । आज उदाउँदो सूर्यको पूजाआजा गरी अर्घ दिए पछि छठ पर्वको समापन भएको हो ।

छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौं सहित तराइका विभिन्न जिल्लामा भक्तजनहरु नदी, तलाउ र पोखरीका किनारमा रातभर जाग्राम बसेका थिए ।

काठमाडौंका गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी तथा वाग्मती, नख्खु र विष्णुमती लगायत नदी किनारमा भक्तजनले पूजाआजा गर्दै छठको मूख्य दिन हिजो अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अर्घ दिइएको थियो ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गर्ने गरिन्छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ