छठ पर्वको अवसरमा नवलपरासीको विभिन्न ठाउँमा छठमेलाको अायोजना

छठ पर्वको अवसरमा नवलपरासीको विभिन्न ठाउँमा छठमेलाको अायोजना

  • आइतवार, कार्तिक २१, २०७३
  • रबिन्द्र यादव

  • 7.3K
    SHARES

कार्तिक २१, नवलपरासी ।

नवलपरासीमा छठ पर्वको अवसरमा जिल्लाको विभिन्न ठाउँमा मेला लाग्ने गरेको छ ।

सदरमुकामस्थित परासी बजार, त्रिबेणी धाम, गुठी परसौनीको वार्ड नम्बर १ र ५ नारायणी नदिको किनार ठाडी घाट, नर्सहीको ठोकर नम्बर १२, महेशपुर, हरपुर, सरावल, बसहिया, बर्दघाटे, बेलासपुर, बेलाटारी लगायतका ठाउँमा मेला लाग्ने गरेको बताइन्छ ।

छठ पर्वको महत्त्व दिन प्रति दिन बढदै गइरहेको छ । हिन्दु धर्मावलम्बीले मनाइदै अाएको छठ पर्व अाजभोलि मुस्लिम समुदायको दिदिबहिनीले समेत मनाइदै अाएको देख्न सकिन्छ ।

नवलपरासी जिल्लाको विभिन्न जलाशय घाट झिलमिल बत्तीले सजाइएको छ । यो पर्वमा कोष्टी भगवतीको पुजा अर्चना गरि पुत्र पति र परिवारको कल्याणको कामना गर्ने गरिन्छ ।

विशेष रुपमा तराई भेगमा श्रद्धा र भक्ती पुर्वका मनाइन्छ । यश पर्वको अवसरमा पंचमीका दिन देखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठा पुर्वक नजिकको जलायसमा स्नान गरि बेलुकीपख दूध चामल उखुको रस भेली मा खिर पकाई यथा स्थानमा अाफुले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई सो खिर खुवाइने चलन छ ।

chhat

परम्परा अनुसारछठको पहिलो दिन साझ अस्ताउदो सुर्यलाई नजिकको जलासयमा उभिएर पुजा सहित अर्घ दिएपछि रातभर नदि तथा पोखरी तलाउ किनारमा बसी छठी मइयाको भजन किर्तन गर्दै भोलि पल्ट सप्तमीका दिन बिहान उदाउँदो सुर्यलाई पुनः पुजापाठ सहित अर्घ दिएपछि विसर्जन गरिन्छ । पवित्र मनले छठ पर्व मानउदा पारिवारिक कल्याण सन्तान प्राप्त सुख शान्ति तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । श्रृटीको सुरुवात देखि नै सुर्यको उपवास गरिदै अाएको पाइन्छ ।

अग्नि पुराणमा पनि खस्ती व्रतको प्रसंग उल्लेख छ । १४ बर्षको बनवास र एक बर्षको अज्ञात बाँस बसेका बेला कुन्ति द्रौपति सहित पाण्डवले छठ व्रत गरेको महाभारतमा पनि पाइन्छ । त्रेता युगमा राजा दशरथ को रानी कौशल्याले पनि छठ व्रत गरेको पाइन्छ ।

14996414_670152633143197_3080269_n

कार्तिक महिनामा मनाइने छठ लाई ठुलो छठ भनिने गरिन्छ । चैतको खष्ठी तिथिमा पनि छिमेकी राष्ट्र भारतको बिहार, उत्तर प्रदेश तथा नेपालको पुर्वमा मिथिलामा समेत मनाइने गरिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ