सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न पहल गर्ने

सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न पहल गर्ने

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौँ, कात्तिक १३ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सिरहामा विमानस्थल र ट्रमा सेन्टर निर्माण गर्न आफूले पहल गर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहाल सभासद् निर्वाचित हुनुभएको सिरहा क्षेत्र– ५ को एक प्रतिनिधि मण्डलको आज ज्ञापनपत्र बुझ्दै सिरहाको विकासमा आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
उहाँले सिरहा जिल्लाकै विकास निर्माणका लागि आफूले विभिन्न योजना अघि सारेको बताउँदै सिरहा, सप्तरी, उदयपुरलगायतका जिल्लालाई पायक पर्ने गरी एक विमानस्थलको निर्माणमा पहल गर्ने बताउनुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार प्रतिनिधिमण्डलसँग पूर्व – पश्चिम राजमार्गमा अत्याधुनिक सुविधासहित ट्रमा सेन्टर स्थापना गर्न पहल गर्ने विश्वास दिलाउनुभएको थियो ।
पूर्वमन्त्री विश्वनाथ साह, क्याप्टेन देवकुमार लामाको प्रतिनिधि मण्डलले सिरहाको खानेपानी, सडक, कृषि, स्वास्थ्य चौकी, क्याम्पस निर्माणमा पहल गर्न आग्रह गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ