काठमाण्डौ , कार्तिक १३ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले छिमेकी मुलुक भारत र चीनका लागी क्रमश दिपकुमार उपाध्यय र लिलामणि पौडेललाई नियुत्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उपाध्यय र पौडेललाई राजदूतमा नियुक्त गर्नुभएको हो ।
कांग्रेस नेता समेत रहेका काठमाडौँ निवासी उपाध्यायले यसअघि भारतमा नेपाली राजदूत कै रुपमा काम गर्नुभएको थियो ।
केपि शर्मा ओली नेतृत्वको सरकारले राजदुतबाट फिर्ता बोलाईएका उपाध्यायलाई प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पुन भारतकै लागी नेपाली राजदूतमा नियुक्त गर्ने निर्णय गरेको थियो । उपाध्ययलाई सुनुवाई समितिमा पनि बहुमतका आधारमा राजदुतका लागी नाम पारित गराईएके थियो ।
गुल्मी बलेटक्सारका लीलामणि पौड्याल भने निर्वीरोध राजदुतका लागी सिफारिस हुनुभएको थियो । पौडेल सरकारका पूर्व मुख्यसचिव हुन् ।
राजदूत उपाध्यायलाई मन्त्रिस्तरको कूटनीतिक दर्जा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।