काठमाडौं, कात्तिक १३ ।
शिक्षा मन्त्री धनिराम पौडेलले कुनै एक ब्यात्तिा निस्कदैमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कमजोर नबन्ने प्रतिक्रिया दिनुभएको छ ।
नेकपा माओवादी केन्द्रले धादिङमा आज बिभिन्न चाडपर्वको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउदैमा अख्तियार कमजोर नबन्ने बताउनु भयो ।
कार्की विरुद्धको महाअभियोग प्रस्तावले अख्तियार कमजोर हुन्छ भन्ने तर्क बाहिर आएको भन्दै उहाले त्यो सत्य नभएको तर्क गर्नुभयो ।
मन्त्री पौडेलले शक्तिको दुरुपयोग गर्दै कार्कीले समानान्तर सत्ता चलाउने दुस्प्रयास गरेकाले महाअभियोग प्रस्ताव दर्ता गर्नु परेको बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका सचिवालय सदस्यसमेत रहेका मन्त्री पौडेलले कार्की विरुद्धको महाअभियोग प्रस्ताबले प्रमुख दलहरुलाई एकताबद्ध बनाएकाले यसलाई सकारात्मक रुपमा लिनुपर्नेमा जोड दिनुभयो ।