जनताले प्रदेश छानेर बस्न सक्छन् : महतो

जनताले प्रदेश छानेर बस्न सक्छन् : महतो

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

राजविराज, कात्तिक १३ ।

सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सिमाङकनका बिषयमा विवाद रहेका जिल्लामा जनमत संग्रह वा स्वतन्त्र तथा निस्पक्ष टोलीबाट राय संकलन गरि विवाद समाधान गर्न सुझाव दिनुभएको छ ।

प्रेस मञ्च सप्तरीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले विवादित जिल्लाका मधेसी र थारुसँग जनमत नलिएसम्म विवाद समाधान नहुने बताउनु भयो ।

अध्यक्ष महतोले झापादेखि कंचनपुरसम्ममा मधेस र थारुहट गरी दुई प्रदेश बनाउनुपर्नेमा जोड दिदै त्यहाका जनताको चाहना अनुसार प्रदेश छान्न दिने बताउनु भयो ।

उहाँले मधेस र थरुहटका जनतालाई जर्वजस्ति पहाडि प्रदेशमा गाभ्ने प्रयास गरिएको भन्दै यसलाई नसच्याए मुलुक गहिरो संकटमा पर्ने चेतावनी दिनुभयो ।

उहाँले राज्य पुनर्संरचना आयोगको प्रतिवेदनले देखाएको जिल्ला विभाजनलाई आधार बनाएर पनि सिमांकन विवादलाई टुङ्गो लगाउन सकिने अर्को उपाय भएको भन्दै प्रान्तीय सिमांकनको विवाद अन्त नभएसम्म मुलुकमा कुनै पनि निर्वाचन हुनै नसक्ने ठोकुवा गर्नुभयो ।
तीन ठूला दलले इमान्दारिता देखाएर हठ अहंकार त्यागे र त्रुटिपूर्ण संविधान सच्याए सबै समस्याको समाधान हुने उहाको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ