कार्तिक १३ काठमाण्डौं । द्दाैशी भैलाेमा विप्लव माअाेवादी विप्लव माअाेवादीले प्रगतिशील गित र नृत्यसहित उपत्यकाका विभिन्न ठाउँमा द्दाैसी भैलाे खेलिरहेकाे छ । कात्तिक १२ गते विहान ११ बजेदेखि शुरु भएकाे द्दाैशी भैलाे तिहार अवधिभर खेल्ने उसकाे तयारी छ ।
सामना साँस्कृतिक परिवारका कलाकारहरुकाे उत्कृष्ट नृत्य र गित प्रस्तुतिमा उपत्यकाका सबै जनवर्गीय संगठनका नेताहरुकाे पनि सहभागितामा खेलिरहेकाे टाेलीकाे नेतृत्व पार्टी नेता माइला लामाले गरिरहेका छन् ।
द्दाैशी भैलाे कार्यक्रममा टाेलका जनता उत्साहित भएर स्वतःस्फुर्त नाँचिरहेका थिए । “यसपाली जनताकाे राम्राे साथ छ,” नेता लामा उत्साहित हुँदै भने । उनका अनुसार जुन घरकाे अाँगनमा खेलिन्छ त्याे टाेलकै छिमेकीहरु जम्मा हुन्छन् र कार्यक्रम हेर्दै थालीमा पैसाकाे घेरा हालेर अाईपुग्छन् ।
राष्ट्रियता र जनताका पिर व्यथा अनि मुक्तिका गितसँगै अाधुनिक मनाेरञ्जनात्मक गित र नृत्यले धेरैलाई अाकर्षित गरिरहेकाे सामना परिवारका अाराेह नेपालीले बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
