यस्तो छ भारतीय राष्ट्रपति मुखर्जिको नेपाल भ्रमण तालिका

यस्तो छ भारतीय राष्ट्रपति मुखर्जिको नेपाल भ्रमण तालिका

विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गर्ने

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाण्डौ ,१३ कार्तिक ।

परराष्ट्र मन्त्रालयले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीको तीन दिने नेपाल भ्रमणको तालिमका सार्वजनिक गरेको छ । परराष्ट्रले विज्ञप्ती निकालेर भारतीय राष्ट्रपतिको स्वागतदेखि उहाको दैनिक कार्यक्रमबारेमा जानकारी गराएको हो ।

भ्रमण तालिका अनुसार कात्तिक १७ गते त्रिभुवन विमानस्थलमा नेपालको राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई स्वागत गर्नुहुनेछ । भारतीय राष्ट्रपतिलाई स्वागत गरेपछि राष्ट्रपति भवन शितल निवासमा नेपालका राष्ट्रपति भण्डारी र भारतीय समकक्षी मुखर्जीबिच भेटवार्ता हुनेछ । त्यसपछि शीतल निवासमै भारतीय राष्ट्रपतिको सम्मान स्वरूप दिवा भोजको आयोजना गरिने जनाईएको छ ।

सोहि दिन उपराष्ट्रपति नन्दकिशोर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारतीय राष्ट्रपति मुखर्जीसँग छुट्टा छुट्टै भेट्ने कार्यक्रम छ । कात्तिक १७ गते बेलुका नै प्रधानमन्त्री दाहालले आयोजना गर्नुहुने रात्रिभोजमा भारतीय राष्ट्रपति मुखर्जी र उहाको टोली सहभागी हुनेछ । त्यसपछि नेपालका लागि भारतीय राजदूत रणजित रायले आयोजना गरेको भोजमा भारतीय राष्ट्रपति मुखर्जी सहभागि हुने कार्यक्रम छ ।

दोस्रो दिन कात्तिक १८ बिहान मुखर्जी पशुपतिनाथ मन्दिर पुगि त्यहाँ पूजा गर्नुहुनेछ । त्यसपछि उहाले काठमाडौं विश्वविद्यालयले दिन लागेको मानार्थ विद्यावारिधिमा भाग लिनुहुनेछ । मुखर्जीले सोही दिन नीति अनुसन्धान प्रतिष्ठान र भारत फाउन्डेसनले आयोजना गर्ने सेमिनारमा भाषण गर्ने कार्यक्रम छ । सोहि दिन मुखर्जीलाई विभिन्न दलका नेताहरूले पनि भेट्ने कार्यक्रम छ ।

यस्तै, कात्तिक १९ मा बिहान मुखर्जी जनकपुर जानुहुनेछ । जानकारी मन्दिरमा पूजा गरेपछि मुखर्जीको सम्मानमा आयोजना गरिने कार्यक्रममा सहभागी हुने र त्यसलगत्तै पोखरा जाने कार्यक्रम छ । भारतीय राष्ट्रपति मुखर्जी पोखराबाट काठमाडौं फर्केपछि १९ गते बेलुकी भारत फर्कनुहुनेछ ।

मुखर्जी राष्ट्रप्रमुखका हैसियतले १८ वर्षपछि नेपाल आउन लाग्नुभएके हो । यसअघि सन् १९९८ मा भारतका तत्कालीन राष्ट्रपति केआर नारायण नेपाल भ्रमणमा आउनु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ