यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइदै

यमपञ्चकको दोस्रो दिन आज कुकुर तिहार मनाइदै

  • शनिबार, कार्तिक १३, २०७३
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

काठमान्डौ कात्तिक १३।
हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अथार्त यमपञ्चकको दोस्रो दिन अन्तर्गत आज कुकुर तिहार मनाइदै छ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म तिहार पर्व मनाइने गरिन्छ ।

हिन्दु धर्मालम्बीहरुले तिहारको दोस्रो दिन आज विहानै कुकुरलाई माला तथा टिका लगाइदिएर पुजा गरी मीठो मीठो खान दिएर कुकुर तिहार मनाउदै छन् ।

आजका दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भन्ने गरिन्छ ।

यस दिन कुकुरलाई विशेष प्रकारका खानेकुरा खान दिने प्रचलन छ । कुकुर घरपालुवा आज्ञाकारी, घर रक्षक एवं गुनिलो जनावरको रुपमा परिचित छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।

त्यसैगरी विनासकारी प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा कुकुरले सुँघेर वा दायाँबायाँ कराई पूर्वसूचना दिने गर्दछ । कुकुरका गुणको कदर गरेर परापूर्वकालदेखि कुकुरलाई वर्षमा एकपटक यमपञ्चकको दोश्रो दिन पारेर पुज्ने गर्दछन् ।

सत्यवादी धर्मराज युधिष्ठिरलाई स्वर्गयात्रामा समेत साथ दिने सौभाग्य पाएको कुकुरको मानव जातिसँंग घनिष्ठ सम्बन्ध रहेको पुराणमा उल्लेख छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुना कहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

यमपञ्चकको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकर पूजा, तेस्रो दिन कात्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, चौथो दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११ ३७ र म्हपूजा अर्थात् आत्मपूजा एवम् तिहारको अन्तिम दिन कात्तिक शुक्ल द्वितीयाका दिन भाईटीका लगाई तिहार पर्व मनाइन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ