संविधान शसोधन नभए देशमा द्धन्द्धः उपेन्द्र यादव

संविधान शसोधन नभए देशमा द्धन्द्धः उपेन्द्र यादव

  • शुक्रबार, कार्तिक १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौं, १२ कार्तिक । संघीय गठबन्धनका संयोजकएवम् संघीय समाजवादीफोरम नेपालकाअध्यक्षउपेन्द्र यादवले छठसम्म प्रधानमन्त्रीपुष्पकमलदाहाल प्रचण्डलाई अवसर भएको भन्दै त्यतिवेलासम्म संविधान संशोधननभए संघीय गठबन्धनले सरकारलाई दिएको समर्थन फिर्ता लिनसक्ने चेतावनी दिएका छन् ।

संयोजकयादवले गठबन्धनलेअहिले नै सरकारलाई कुनै अल्टिमेटम नदिएको समेत दाबी गरे । उनले अघि थपे,– ‘हामीले सरकारलाई अल्मिटेम दिएका छैनौं, प्रधानमन्त्री स्वयम्ले नै संविधान संशोधनको लागि पटक पटकआफैम्यादतोक्ने कामगर्नुभएको छ, हामीले तोकेका छैनौं, तर छठसम्म पनिउहाँले संविधान संशोधनविधेयक संसद्मा पेश गर्नुभएनभने गठबन्धनको बैठक बसेर यसबारे निर्णय गर्छौं ।’
शुक्रबार राजधानीमा रिपोटर्स क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमाबोल्दै यादवले भने,– ‘छठ अबअन्तिममितिहोस्, राज्यले यो मौकानगुमाओस्, हामीले मुलुकलाई निकास दिनको लागि नै तीनबुँदे सम्झौता गरेकाथियौं ।’

यद्धपि यादवले मधेशीमोर्चा समेत सम्मिलित संघीय गठबन्धनसँग नेपालीकाँग्रेस र नेकपामाओवादी केन्द्रले गरेको तीनबुँदे सम्झौताअहिलेसम्म पूरा नभएको बताए। सरकारले अहिलेसम्म मुद्दा खारेजी, राजबन्दीको रिहाई जस्तामन्त्रिपरिषद्बाट गर्न सक्ने सामान्यकाम समेत नगरेको उनले आरोप लगाए ।
संविधान संशोधनको विषयलाईमहाअभियोगको प्रस्तावल्याई ओझेलमापार्ने षड्यन्त्रगर्न खोजिएको उनको आरोप छ ।

मधेशी, आदिवासीजनजाति, खस, मुस्लिम, थारु, महिला, अल्पसंख्यक समुदायलगायतमाथिकायम रहेकोअसमानता, विभेद्, उत्पीडतलाई अन्त्य गरी उनीहरुको अधिकार सुनिश्चितगर्न संविधान संशोधनअनिवार्य भएकोले त्यतातिर सरकारले विलम्बनगरीकनकामकारबाही अघि बढाउनुपर्नेमायादवले जोड दिए ।

 ‘छठसम्म पनि संविधान संशोधनभएनभने हामीआन्दोलनमा जान्छौं, तर त्यो भन्दापहिले गठबन्धनको बैठक बस्छ, बैठकले नै निर्णय गर्छ ।’ आन्दोलनमाजानबाध्यभइसकेपछि सरकारलाई दिएको समर्थन कुनै अर्थ नरहने उनले स्पष्ट गरे ।
यादवले विगतमा कुन सहमतिको आधारमा र कस्तो बाध्यतामा परि तीनदलका नेताहरुले लोकमानलाई अख्तियार प्रमुखबनाएकाथिएभन्ने कारण पनि स्पष्ट रुपमाबाहिर आउनुपर्ने माग गरे । यादवले भने,‘यत्रो झापा काण्ड गरेका र सशस्त्र जनयुद्ध गरेकानेताहरु एउटा लोकमानसँगकिन यसरी भयभीत, त्रसित र आतंकितभएकाहुन, यो आफैमा रहस्यपूर्ण छ ।’

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ