काठमाण्डौं कार्तिक १२ । जिल्ला वन कार्यालय काठमाडौंको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत तारकेस्वर नगरपालिका वडा नं ८ स्थित जितपुरफेदीमा ूवन्यजन्तु संरक्षणका लागि यूवा सञ्जाल निर्माणू गरिएको छ । स्थानीय भरत तामाङ्गको संयोजकत्वमा एक सय २० सदस्यीय यूवा सञ्जालको गठन गरिएको हो ।
जितपुरफेदी स्थित भञ्ज्याङ्ग रिसोर्टमा काठमाडौं जिल्ला वन कार्यालयको पाँचमाने ईलाका वन कार्यालय मातहत पर्ने सामुदायिक वनका उपभोक्ताहरु तथा सामुदायिक विद्यालयका शिक्षकहरुलाई सम्मिलित गरी सहायक वन अधिकृत हरि प्रसाद खरेलको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।
सो कार्यक्रममा गठन गरिएको यूवा सञ्जालको कार्य सम्बन्धमा जिल्ला वन कार्यालय काठमाडौंका सहायक वन अधिकृत उत्सव थापाले सहभागी सदस्यहरुलाई जानकारी गराउनु भएको थियो ।
वन्यजन्तु अपराध नियन्त्रण तथा वन्यजन्तु उद्दारका क्रममा स्थानीय स्तरलाई सबलीकृत गर्नु यस सञ्जालको उद्देश्य रहेको भनी सहायक वन अधिकृत उत्सव थापाले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

