मृतक महिलाका आपन्तले क्षतिपुर्तीको माग गर्दै प्रहरी वृत्त थिमिमा तोडफोड

मृतक महिलाका आपन्तले क्षतिपुर्तीको माग गर्दै प्रहरी वृत्त थिमिमा तोडफोड

  • शुक्रबार, कार्तिक १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

भक्तपुर , कार्तिक १२ ।
मोटरसाइकल ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तले क्षतिपूर्तिको माग गर्दै आज महानगरीय प्रहरी वृत्त थिमिमा तोडफोड गरेका छन् ।

दोलखा– ८ जिरीकी ४५ वष्र्षिय सरस्वती खड्काको मृत्यु भएपछि उनका आफन्तले आज क्षतिपूर्तिको माग गर्दै प्रहरी वृत्त थिमिको घेराउ गरेका छन् ।

तीव्रगतिमा आएका बा ८० प ५००८ नम्बरको मोटरसाइकलले हिजो मध्यपुरथिमिमा ठक्कर दिँदा सरस्वतीको मृत्यु भएको थियो ।

उनीहरुले मृतकका दुई छोराछोरीको पढाइ, पालनपोषणको जिम्मेवारी र उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । प्रहरी वृत्त घेराउ गर्नेहरुले ढुङ्गा प्रहार गर्दा वृतमा कार्यरत प्रहरी कृष्णबहादुर तामाङ र जयन्तराज कार्की घाइते भएका छन् ।

घाइते दुबै जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेका छन् ।

ढुङ्गा प्रहारबाट महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायव उपरीक्षक श्यामबाबु ओलीयाको गाडीको अगाडीको सिसा फुटेको छ भने प्रहरी वृत्त थिमिको भवनको सिसा फुटेको छ । तोडफोडबाट करिब रु. एक लाख ५० हजारको क्षति भएको अनुमान प्रहरीको छ ।

तोडफोडमा संलग्न रहेका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ