महाअभियोग प्रस्ताव काग्रेसको एजेण्डा हो : गुरुङ

महाअभियोग प्रस्ताव काग्रेसको एजेण्डा हो : गुरुङ

  • शुक्रबार, कार्तिक १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ , कार्तिक १२ ।
कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद धनराज गुरुङले अख्तियार प्रमुख लोकमानसिह कार्कीविरुद्धको महाअभियोग काग्रेसको एजेण्डा भएकाले प्रस्तावको पक्षमा उभिने दाबी गर्नुभएको छ ।

कांग्रेस काभ्रेपलाञ्चोक पनौती–२ नं वडा कार्यसमितिले गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै उहाले महाअभियोग प्रस्ताव आफ्नो पार्टीको एजेण्डा भएकोले कांग्रेस दृढताका साथ महाअभियोगको पक्षमा उभिने बताउनु भयो ।

संसदीय दलको निर्णय पर्खिरहेको तर्क गदै उहाले आफूले संसदमा दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावको जगमा नै महाअभियोग प्रस्ताव आएको धारणा राख्नुभयो ।

स्वास्थ्यमन्त्री समेत रहेका कांग्रेस सांसद गगन थापाको प्रस्तावक, धनराज गुरुङ र माओवादी केन्द्रका सांसद श्याम श्रेष्ठको समर्थनमा कार्की्विरुद्ध संसदमा सार्वजनिक प्रस्ताव दर्ता भएको थियो ।

सत्तारुढ माओवादी केन्द्रले प्रस्तावको पक्षमा रहने बताइसकेकोले सत्तासाझेदार कांग्रेस विपक्षमा उभिन संसदीय परम्पराअनुसार पनि नमिल्ने भन्दै उनले प्रस्तावले दलहरु एक ठाउामा आउने वातावरण बनेको पनि बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ