तिहारको टिका लगाउन घर पुग्न हतारो

तिहारको टिका लगाउन घर पुग्न हतारो

  • शुक्रबार, कार्तिक १२, २०७३
  • दीपबहादुर घर्ती

  • 9.2K
    SHARES

जाजरकोट, १२ कार्तिक ।
जिल्लाको उत्तरपुर्वमा रहेको सक्ला गाविसको वडानं–३ वण्डालाका एक जोडीलाई तिहारको टीका लगाउन घर पुग्न निक्कै हतार भईरहेको छ ।

केही वर्षसम्म भारतको कालापहाडमा तिहार मनाउदै आएको यस जोडीले यसपाली तिहारको टिका घरमै पुगेर लगाउने सोचले निक्कै हतारो गरि रहेका छन् ।

२०७० सालमा स्वास्नीको किट्नीङमा पत्थरी भएपछि कमाई गररे उपचार गर्ने सोच वनाएर भारतको कालापहाड पुगेका वण्डालाका दिपक बोहराका लोग्ने स्वास्नीले यसपालीको तिहार घरमै मनाउने मनसायले घर पुग्न हतार गरिरहेका छन् ।

११ महिनाको छोरा हिमाल र ३ वर्षकि छोरी हरिसरालाई दिपकले वोकेर पैदल यात्रा गरिरहेका छन् भने, स्वास्नी पवित्रा बोहराले हेर्दा नै निक्कै अफ्टेरो लाग्ने दुईवटा झोला अगाडी पछाडीवाट वोकेर यात्रा गरिरहेकी छन् ।

पत्थरीको समस्याले आफ्नो गाउँ, घर, ईष्टमित्र सवै विर्सिएर तीन वर्ष सम्म कालापहाडको सिम्लामै वसेर तिहार मनाएता पनि यस वर्षको तिहार घरमा पुगेर आफन्तजनसंगको भेटघाटलाई पुरा गरि माईती घरमा पुगेर आफ्नै दाई भाईसंग टिका लगाउन आफुलाई निक्कै आत्तुरी भएको पवित्रा बोहराले वताईन् । घर पुग्ने आत्तुरीले पैदल कष्टपुर्ण यात्रालाई पनि आफुले पचाई सकेको पवित्राले वताईन् ।

घरको आम्दानीले स्वास्नी उपचार गर्न नसकेर देशनै छोड्नु परेको वताउदै दिपकले भने–“भारत जाने वेला छोरी पेटमा थिई, आउने वेला अर्को छोरा सहित दुईवटा वच्चा बाकेर घरमा पुग्दै छु, खुशी लागेको छ, स्वास्नीको पत्थरीको उपचार पनि सफल भयो, वाटोमा जे जति दुःख भएता पनि घरमा छिटो पुग्न पाए पछि दुःखलाई खुशीमा वदल्ने छौं ।” बोहराको परिवार जस्तै कमाईको लागि कालापहाड पुगेका जिल्लाका अधिकांश मान्छेहरुलाई यतिवेला घर पुग्न निक्कै हतार भईरहेको छ ।

पुर्वको चिसापानी र पश्चिमको वालुवासम्म गाडीको यात्रा गरेर तिहारको नजिकै घर फर्केका कालापहाड पुगेका जिल्ला वासीहरुलाई झोला–झ्याम्टी, जुटका वोरा र वाकसहरु बोकेर घर पुग्न हतार–हतार गरिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ