काठमान्डौ ,कात्तिक १२ ।
मधेशी मोर्चा आवद्ध दल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नयाँ सरकार गठनको क्रममा मोर्चासँग गरेको तीनबुँदे सम्झौता छठसम्म पनि पूरा नगरे मधेस र मधेसी जनताको हितको लागि फेरि आन्दोलन हने चेतावनी दिनु भएको छ ।
सप्तरीको राजबिराजमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो । नेता महत्तोले मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधन प्रक्रिया तत्काल हुनुपर्ने माग गर्नुभएको हो ।
उहाँले संविधान संशोधनमार्फत मधेसका समस्या समाधान नभएमा सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने बताउनु भएको छ ।
संघीयताको खाका तयार नभएसम्म स्थानीय निकायको निर्वाचन गराउन नहुँने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान अयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई हटाउने सम्बन्धमा मधेसी मोर्चासँग छलफल नभएको समेत उल्लेख गर्नु भयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline