दीपश्रीद्धारा चितवनका काम्दाली बासिन्दालाई जाडोमा न्यानो कपडा वितरण

दीपश्रीद्धारा चितवनका काम्दाली बासिन्दालाई जाडोमा न्यानो कपडा वितरण

  • शुक्रबार, कार्तिक १२, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमान्डौ कात्तिक १२ ।
चितवन जिल्लाको विकट क्षेत्र मानिने लोथ्थर गाविसको कान्दाका स्थानिय चोपाङ्गसमूहका बासिन्दालाई न्यानो कपडा वितरण गरिएको छ ।
जाडो सुरु हुनै लाग्दा तिहारको अवसर पारेर दीपश्री क्रिएटिभ मिडियाको सहकार्यमा चितवनको लोथ्थर गाविस वडा नं. ९ काम्दाकै फेदीमा पुगेर काम्देलीहरुलाई न्यानो कपडा वितरण गरिएको हो । उनीहरुलाई करिब १ लाख २० हजार बराबरको न्यानो कपडा वितरण गरिएको दीपश्रीका कार्यकारी निर्देशक दिपक लामिछानेले बताउनु भयो ।
केही समय अगाडि चितवनकै स्थानीय एक टेलिभिजनमा काम्दाका चेपाङ्गहरुको विषयमा देखाइएको रिपोर्ट हेरेपछि उनिहरुको सहयोगार्थ जापानमा रहेका दीपश्री अन्तराष्ट्रिय सामाजिक क्लबका संयोजक पुरुषोत्तम लामिछाने,सदस्यहरु प्रेम प्रसाद कँडेल र श्रीमती कोपिला कँडेलले बिशेष सहयोग स्वरुप रु १ लाख १ हजार १११ उपलब्ध गराउनु भएको हो ।
साथै दीपश्रीको खुसी बाँडे खुसी बढ्छ समूहबाट १९ हजार बरारबरको नगद र कपडा सहित सोही स्थानमा पुगेर वितरणमा सहयोग गरेका थिए । काम्दाकै लागि काम गरेका लोथर गाविसका प्रतिनिधि सन्त बहादुर प्रजाको रोहबरमा काठमाडौंबाट गएको सहयोगी तथा सञ्चारकर्मीसहितको टोलीले चेपाङ्गहरुकै हातहातमा कपडा वितरण गरेको हो ।
जाडोको समयमा न्यायो कपडा पाए पछि आफूहरु खुसी भएको काम्देली बासिन्दाले बताएका छन् । चितवनबाट विकट भएकाले थोरै मात्रामा सहयोगीहरु पुग्ने भएकाले काम्देलीहरुले सहयोगको अनुभव पनि कमै मात्रामा गरेको गाविस प्रतिनिधि सन्त बहादुरको भनाई थियो ।
भूकम्पबाट घर भत्किएकीए पछि उनीहरुले अझै सम्म पनि राम्रो आवस निर्माण गर्न सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ