नवलपरासीमा दलित बिद्यार्थीलाई कापीकलम वितरण

नवलपरासीमा दलित बिद्यार्थीलाई कापीकलम वितरण

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

रबिन्द्र यादव

कार्तिक ११ नवलपरासी । नवलपरासीमा मधेस युवा उत्थान विकास मंचले विपि माध्यमिक विद्यालय पक्लिहवा-८ बलिनगर मा अध्ययनरत दलित बालबालिकालाई कापीकलम वितरण गरेको छ ।

विद्यालय ब्यवस्थापक समितिका अध्यक्ष अोमप्रकाश तिवारीको अध्यक्षता रहेको कापीकलम वितरण कार्यक्रममा मधेस युवा उत्थान विकास मंच नवलपरासीका जिल्ला अध्यक्ष धिरज त्रिपाठी प्रमुख अतिथि रहनु भएको थियो ।

प्रमुख अतिथि त्रिपाठीले अगामी दिनमा पनि अध्ययनरत दलित बालबालिकाहरूलाई कापीकलम वितरण गर्ने प्रतिबद्धता गर्नु भएको थियो साथै अार्थिक अभावको कारण विद्यालय जान नसकेका बालबालिकाको सम्पुर्ण खर्च मंचले बेहोर्न गरि ती बालबालिकालाई विद्यालय सम्म पुर्याउने बताउनु भएको थियो ।

कापीकलम वितरण कार्यक्रममा मंचका उपाध्यक्ष युवराज मौर्या, सचिव रामेश्वर कोइरी, भुजहवा उप समिति संयोजक अमर यादव, ठुलो खरेटवा उप समिति संयोजक जय गोविन्द यादव, कुडिया उप समिति संयोजक ब्रिजेश गुप्ता, पक्लिहवा उप समिति उप संयोजक इसरायल अन्सारी विद्यालय व्यवस्थापक समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।

मंचले अाफ्नो विद्यालयका दलित बालबालिकालाई कापीकलम वितरण गरेकोमा विद्यालयका अध्यक्ष अोमप्रकाश तिवारीले खुशी ब्यक्त गर्नु भएको थियो । त्यसैगरी कक्षा १ देखि कक्षा १० सम्मका जहेन्दार बालबालिकालाई सोहि कापीकलम समेत वितरण गरिएको थियो ।

मधेस युवा उत्थान विकास मंच नवलपरासीले कापीकलम वितरण गरेपछि यसको चौतर्फी प्रशंसा गरिएको छ । हाल मंचले जिल्लाको विभिन्न ठाउहरुमा उप समिति गठन गर्दै जनचेतनामूलक, समाज रुपान्तरण किसिमको विभिन्न कार्यक्रम गर्दै अाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी