भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको औपचारिक घोषणा

भारतीय राष्ट्रपति मुखर्जीको नेपाल भ्रमणको औपचारिक घोषणा

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

काठमाण्डौ ,११ कार्तिक ।

भारतले राष्ट्रपति प्रवण मुखर्जीको नोभेम्वर २ देखि नेपालको राजकीय भ्रमण हुने औपचारिक घोषणा गरेको छ ।

भारतीय विदेश मन्त्रालयले आज(बिहिवार) विज्ञप्ति निकालेर यही नोभेम्वर २ देखि ४ सम्म मुखर्जीले नेपालको राजकीय भ्रमण गर्न लागेको जनाएको हो ।

मन्त्रालयले आफ्नो राष्ट्रपतिले अठार वर्षपछि नेपालको भ्रमण गर्न लागेको पनि विज्ञप्तीमार्फत जनाएको छ । राष्ट्रपति मुखर्जी नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा आउन लाग्नुभएको हो ।

यस अगाडी सन् १९९७ मा भारतीय राष्ट्रपतिले नेपालको भ्रमण गरेका थिए । यस भ्रमणले दुई देशको वीचमा रहेको पुरानो, युनिक र साँस्कृतिक तथा सामाजिक सम्वन्धलाई प्रतिविम्वित गर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

मुखर्जीले नेपालको पर्वटकीय नगरि पोखरा र जनकपुरको समेत भ्रमण गर्ने कार्यतालिका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ