सशस्त्र प्रहरीले स्थापना दिवसको अवसरमा जवान देखि अधिकृतसम्मलाई सम्मान गर्यो

सशस्त्र प्रहरीले स्थापना दिवसको अवसरमा जवान देखि अधिकृतसम्मलाई सम्मान गर्यो

  • बिहिबार, कार्तिक ११, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, कार्तिक ११ ।

सशस्त्र प्रहरीले आफ्नो १६ औं स्थापना दिवसका अवसरमा उत्कृष्ट काम गरेवापत जवान तथा अधिकृतहरुलाई सम्मान गरेको छ ।

हल्चोकस्थित मूख्यालयमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी जवान कृष्णबहादुर तामाङलाई वर्षभरीमा सर्वोत्कृष्ट काम गरेक भन्दै वर्ष जवान २०७३ बाट सम्माति गरिएको थियो ।
यस्तै विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने १६ जना अधिकृत तथा जवानलाई पनि नगद र प्रमाणपत्रले सम्मान गरिएको छ ।
तामाङलाई १० हजार रुपैयाँ नगद दिनुका साथै उनका एक सन्तानलाई छात्रवृत्तिमा १२ कक्षसम्मको अध्ययन गर्र्न पाउने घोषणा गरिएको थियो ।

चितवनको दारेचोकस्थित घोप्टेभीरमा पूर्वगृहमन्त्री माधव घिमिरे चढेको जीप दुर्घटना हुँदा ज्यान गुमाएका सशस्त्र प्रहरीका नायव निरीक्षक रामचन्द्र कार्कीको परिवारलाई बंगलामुखी विशेष कार्यदल गणबाट प्राप्त भएको २ लाख ३१ हवार एक सय ११ रुपैयाँ सहयोग स्वरुप प्रदान गरेको छ ।

यस्तै सशस्त्र प्रहरीका ३१ जना सन्तानलाई छात्रवृत्ति स्वरुप जनही २४ हजार प्रदान गरिएको छ । गत वर्षको प्रवेशिका परीक्षामा उत्तिर्ण भएका बहालवाला तथा अवकास प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तानमध्ये सर्वोत्कृष्ट अंक ल्याएका ३३ जनालाई छात्रवृत्ति स्वरुप जनही १० हजार रुपैयाँ दिइएको छ ।

सशस्त्र प्रहरी बललाई विभिन्न ढंगले सहयोग र्पुयाएका अन्य ८ जनालाई पनि सम्मान स्वरुप कदरपत्र प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ