काठमाण्डौ ,११ कार्तिक ।
राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाले महाअभियोग प्रस्तावका पछि लाग्न छाडेर संविधान कार्यान्वयन गरी निधार्रित समयमा चुनाव सम्पन्न गर्ने विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभएको छ ।
रिपोर्टर्स क्लबले आज आयोजना गरेको अन्तर्क्िरयामा बोल्दै उहाले महाअभियोग प्रस्ताव अदालतमा विचाराधीन रहेकाले दलहरुले हतार गर्न आवश्यक नभएको बताउनु भयो ।
अध्यक्ष राणाले भूकम्पबाट प्रभावित जनतालाई राहत तथा भूकम्पले भत्काएका संरचनाको पुनःनिर्माणमा लाग्नुपर्ने बेला दलहरु अन्य विषयमा अल्मलिन नहुने बताउनु भयो ।
नेकपा (एमाले)का नेता शङ्कर पोखरेलले महाअभियोग प्रस्तावले दलहरुबीच नयाँ एकता कायम हुने विश्वास व्यक्त गर्नुभएको छ ।
दलहरुबीचको एकताले देशमा निर्धा्रित समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण सिर्जना गर्ने भन्दै उहाले त्यसका लागी सबै दल प्रतिबद्ध रहेको पनि बताउनु भयो ।
नेपाली कांग्रेसका नेता दीपक खड्काले महाअभियोग प्रस्तावमा रहस्य लुकेको आशङ्का व्यक्त गर्दै महाअभियोग सिफारिस समितिको निर्णयपछि त्यसबारे पार्टीले धारणा सार्वजनिक गर्ने धारणा राख्नुभयो ।
महाअभियोग सिफारिस समितिमा सदस्य समेत रहेका राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले आफ्नो पार्टीका अध्यक्ष विदेश भ्रमणबाट फर्केपछि बस्ने बैठकले प्रस्तावको पक्ष तथा विपक्षमा मतदान गर्नेबारे निर्णय लिने जानकारी गराउनु भयो ।
नेकपा (माओवादी केन्द्र)का नेता मणि थापाले प्रस्ताव ल्याउँदा केही प्राविधिक त्रुटि भएको स्वीकार्दै सो प्रस्ताव कसले ल्यायो भन्दा पनि प्रस्तावमा के छ ? भन्ने विषय महत्वपूर्ण हुने बताउनु भयो ।