काठमान्डौ ,कात्तिक ११ ।
नेपाल भारत संयुक्त आयोगको परराष्ट्रमन्त्रीस्तरीय बैठकले दुई मुलुकबीच यसअघि भएका सहमती सम्झौत तत्काल अघि बढाउने निर्णय गरेको छ ।
भारतको नयाँ दिल्लीमा सम्पन्न बैठकले भारतीय लगानीमा निर्माण भईरहेका परियोजनाहरु प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ ।
यस्तै दुई मुलुकबीच सहमती हुन बाकी अन्य परियोजनाका बारेमा पनि द्धिपक्षीय संयन्त्रमा छिट्टै छलफल गरि अघि बढ्ने पनि निर्णय भएको छ ।
बैठकमा नेपालका तर्फबाट परराष्टमन्त्री डा. प्रकाशशरण महत र भारतका तर्फबाट विदेशमन्त्री सुष्मा स्वराजले प्रतिनिधित्व गर्नु भएको छ ।
हिजै नयाँ दिल्ली पुग्नुभएका परराष्ट्रिमन्त्री महतले विगतमा भएका सहमती सम्झौता कार्यान्वयनका बिषयमा बैठकमा कुरा उठाउनु भएको थियो । मन्त्री महत भोली शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline