काठमाण्डौं कार्तिक ११ । पाकिस्तानी राजदुतावासले आज कास्मीरमा भारतले कब्जा गरेको दिनलाई कालो दिवसको रुपमा मनाएको छ । दुतावासमा आयोजित कार्यक्रममा कास्मीरमा ४ महिना देखि भारतले लगाईरहेको कफ्र्यु, जनतामाथि हत्या र पेलेट गोली मार्फत आखां दृष्टी बिहीन बनाउने जस्ता अमानवीय घटनाहरुमा आधारीत डकुमेन्ट्री समेत प्रस्तुत गरिएको थियो । जसमा भारतीय सेनाले सर्वसाधारण कास्मीरी समुदायमाथि बर्बरतापूर्ण यातना र हिंशा गरेको दृष्य देखाईएको छ ।
अक्टोबर २७ १९४७ मा भारतीय सेनाले श्रीनगर कब्जा गरेर कास्मीर भारतको अधीनमा बनाएको भन्दै यो दिनलाई कास्मीरी जनता र पाकिस्तानले कालो दिवसको रुपमा मनाउदै आएको छ । ७० वर्ष अघि तात्कालीन राजाले सम्झौता गरेर कास्मीर भारतमा विलय गराएको भनिए पनि जनता त्यसको विरुद्धमा संघर्ष गर्दै आएका छन् । कास्मीरमा भारतले ७ लाख सेना तैनाथ गरेर कफ्र्युका भरमा राज्य चलाउदै आएको छ ।
सन् १९८९ देखि २०१६ सम्ममा कास्मीरका जनताले चलाएको स्वतन्त्रताको आन्दोलनको क्रममा अहिले सम्म भारतले ९५ हजार भन्दा धेरै मानिसको हत्या गरीसकेको पाकिस्तानी राजदुत डा. मजहर जाभेदले बताउनु भयो । उहाले कास्मीरी जनताको आत्मनिर्णयको अधिकारको लागि उनीहरुले देखाएको साहसका लागि पाकिस्तानले सधै सम्मान र समर्थन गर्ने बताउनु भयो ।
कार्यक्रममा नेपालका बरिष्ठ पत्रकार राजन कार्कीले भारतले हिटलरको च्याम्बर गृह जस्तै गरी कास्मीरका जनतालाई दमन गरेर रगतको खोला बगाईरहेको भन्दै भारत नैतिकताहीन राष्ट्र भएको टिप्पणी गर्नु भयो । नेपाल स्वतन्त्र भएर पनि सिमा अतिक्रमण र कुटनीतिक हस्तक्षेप गरीरहेको भन्दै कास्मीरी जनताका लागि भारत आतंकवादी जस्तो भएको टिप्पणी कार्कीले गर्नु भयो ।
